Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अवरुद्ध नारायणगढ–मुग्लिन सडक खुल्यो


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, साउन २० २०८३
  • 1.3K
    SHARES

काठमाडौं । चितवनको सिमलताल नजिक आज बिहान खसेको पहिरो पन्छाइएपछि नारायणगढ–मुग्लिन सडकखण्डमा यातायात सेवा पुनः पूर्ववत् सञ्चालनमा आएको छ।

आज बिहान ७ः०५ बजे सिमलताल क्षेत्रमा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको थियो। पहिरोका कारण दुवैतर्फ सवारी साधन रोकिँदा सयौं यात्रु केही समय सडकमै रोकिएका थिए।

डिभिजन सडक कार्यालयले तत्काल डोजर तथा अन्य हेभी उपकरण परिचालन गरी पहिरो हटाउने कार्य सुरु गरेको थियो। केही घण्टाको प्रयासपछि पहिरो पूर्ण रूपमा पन्छाइएपछि अहिले सडकमा दुवैतर्फबाट सवारी आवागमन सुचारु भएको छ।

डिभिजन सडक कार्यालयका सूचना अधिकारी कृष्ण आचार्यका अनुसार पहिरो हटाउने काम सम्पन्न भएसँगै नारायणगढ–मुग्लिन सडकखण्डमा यातायात सेवा पूर्ववत् सञ्चालनमा आएको हो।

वर्षायामका कारण यस सडकखण्डका सिमलताल, जलवीरे, केराबारी लगायतका क्षेत्रमा बारम्बार पहिरो खस्ने जोखिम रहने भएकाले सडक विभागले चालकलाई सावधानीपूर्वक यात्रा गर्न आग्रह गरेको छ।

साथै, लगातार वर्षा भइरहेकाले थप पहिरो खस्ने सम्भावना कायमै रहेको भन्दै यात्रु तथा सवारी चालकलाई यात्रा अघि सडकको पछिल्लो अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न सम्बन्धित निकायले अनुरोध गरेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४