Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

ताप्लेजुङ र इलामसहित ३० जिल्ला आज आकस्मिक बाढीको जोखिममा “सूचीसहित”


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, साउन १९ २०८३
  • 494
    SHARES

काठमाडौं । लगातारको वर्षासँगै देशका विभिन्न भागमा बाढीको जोखिम बढेको छ। बाढी पूर्वानुमान महाशाखाले मंगलबार देशका ३० जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम रहेको भन्दै नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

महाशाखाका अनुसार मंगलबार ताप्लेजुङ, इलाम, झापा, धनकुटा, भोजपुर, मोरङ, सुनसरी, संखुवासभा, सोलुखुम्बु, उदयपुर, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौं, भक्तपुर, ललितपुर, नुवाकोट, लमजुङ, कास्की, म्याग्दी, बागलुङ, बाँके, जाजरकोट, रुकुम पूर्व, रुकुम पश्चिम, सुर्खेत, दार्चुला, बैतडी, अछाम र डोटी लगायत आसपासका जिल्लाबाट बग्ने साना तथा मझौला नदीहरूमा पानीको बहाव उल्लेख्य रूपमा बढ्न सक्ने पूर्वानुमान गरिएको छ।

यी क्षेत्रमा आकस्मिक बाढी आउन सक्ने मध्यम जोखिम रहेको जनाउँदै महाशाखाले नदी तथा खोलानाला आसपास बसोबास गर्ने, यात्रा गर्ने तथा नदी तर्ने नागरिकलाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ।

त्यसैगरी, सप्तकोसी, तमोर, दूधकोसी, तामाकोसी, नारायणी, त्रिशूली, मर्स्याङ्दी, सेती, भेरी, महाकाली र कन्काई लगायतका प्रमुख नदीहरूमा पनि पानीको बहाव उल्लेख्य रूपमा बढ्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।

सम्बन्धित निकायले स्थानीय तह, सुरक्षा निकाय तथा विपद् व्यवस्थापनसँग समन्वय गरी सम्भावित जोखिम क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ। वर्षायामका कारण नदी किनार, तटीय क्षेत्र, होचा पुल र बाढी प्रभावित स्थानमा अनावश्यक आवतजावत नगर्न तथा मौसम र बाढीसम्बन्धी आधिकारिक सूचना नियमित रूपमा पालना गर्न पनि आग्रह गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४