Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

शशांकको संयोजकत्वमा कांग्रेस इतर समूहको ५५१ सदस्यीय आयोजक समिति गठन


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, साउन १६ २०८३
  • 1.2K
    SHARES

काठमाडौं । नेपाली काँग्रेसको संस्थापन इतर समूहले पूर्व महामन्त्री डा. शशांक कोइरालाको संयोजकत्वमा ५ सय ५१ सदस्यीय ‘राष्ट्रिय भेला मूल आयोजक समिति’ गठन गरेको छ ।

शनिवार आयोजित सम्पर्क कार्यालय चुनदेवीमा आयोजित पत्रकार सम्मेलनमार्फत पार्टीको आगामी राष्ट्रिय भेलालाई व्यवस्थित रूपमा सम्पन्न गर्न उक्त समिति र भेलाका लागि आवश्यक अन्य विभिन्न उपसमितिहरूको घोषणा गरिएको हो ।

आयोजक समितिमा पार्टीका १४ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय पदाधिकारी, सदस्यहरू, प्रदेश कार्यसमितिका सभापति एवं पदाधिकारी, जिल्ला सभापतिहरू, उपत्यकाभित्रका जिल्ला कार्यसमिति पदाधिकारीहरू, महानगर तथा नगर सभापतिहरू समावेश गरिएको नेता मीनबहादुर विश्वकर्माले जानकारी दिए ।

त्यसैगरी, संघीय तथा प्रदेश सांसदहरू, पूर्व मन्त्रीहरू, भ्रातृ एवं शुभेच्छुक संस्थाका केन्द्रीय प्रमुखहरूलाई पनि मूल आयोजक समितिमा पदेन सदस्यका रूपमा समेटिएको छ । राष्ट्रिय भेलालाई नीतिगत र व्यवस्थापकीय रूपमा सफल बनाउन विभिन्न १६ वटा विषयगत समितिहरू समेत गठन गरिएको छ । जसअन्तर्गत राजनीतिक प्रस्ताव तयारी समिति, सांगठनिक प्रस्ताव तयारी समिति, विधान संशोधन मस्यौदा समिति र आर्थिक नीति तयारी समिति रहेका छन् ।

यसैगरी, व्यवस्थापकीय जिम्मेवारीका लागि प्रचार–प्रसार, आर्थिक व्यवस्थापन, आवास तथा भोजन, मञ्च व्यवस्थापन, स्वयंसेवक परिचालन, र स्वास्थ्य समिति लगायतका समितिहरू निर्माण गरिएको छ । शान्ति सुरक्षा तथा प्रशासन समन्वय र सचिवालय व्यवस्थापन समितिलाई पनि उत्तिकै प्राथमिकता दिइएको छ ।

‘राष्ट्रिय भेलाका सन्दर्भमा हालसम्म गरिएका केही विवरणहरू म यहाँहरूबिच राख्नेछु । राष्ट्रिय भेला मूल आयोजक समिति गठन भएको छ र यसमा ५५१ सदस्य रहने व्यवस्था गरिएको छ । राष्ट्रिय भेला आयोजक समितिमा रहने साथीहरूको सम्पूर्ण नामावली तयार गर्न समय लाग्ने भएकाले मैले उहाँहरूलाई पदीय हिसाबले पदेन सदस्यका रूपमा समेटेको छु,’ उनले भने, ‘यसमा १४ औँ महाधिवेशनबाट निर्वाचित तथा मनोनीत केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू, प्रदेश कार्यसमितिका सभापति एवं पदाधिकारीहरू, जिल्ला कार्यसमितिका सभापतिहरू, उपत्यकाभित्रका जिल्ला कार्यसमितिका पदाधिकारीहरू, महानगर तथा नगर कार्यसमितिका सभापतिहरू, संघीय सांसद तथा प्रदेश सांसदहरू, पूर्व संघीय तथा प्रदेश मन्त्री एवं सांसदहरू, भ्रातृ संघका केन्द्रीय प्रमुखहरू र शुभेच्छुक संस्थाका केन्द्रीय प्रमुखहरू रहनेछन् ।

अगाडि उनले भने, ‘राष्ट्रिय भेला सम्पन्न गर्न आवश्यक अन्य समितिहरू पनि गठन गरिएका छन् । यसरी मूल आयोजक समितिसहित १६ वटा समिति गठन भएका छन् । यी समितिहरूको प्रमुख तथा सदस्यहरूको टुंगो यथाशीघ्र केन्द्रीय कार्यसमितिको बैठकबाट लगाई पूर्णता दिइनेछ ।’

मूल आयोजक समिति बाहेकका अन्य विषयगत समितिहरूको नेतृत्व र सदस्यहरूको चयन आगामी केन्द्रीय कार्यसमितिको बैठकबाट यथाशीघ्र टुंगो लगाइने विश्वकर्माले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४