Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

धार्मिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न प्रहरी महानिरीक्षक कार्कीको आग्रह


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, साउन १५ २०८३
  • 513
    SHARES

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले धार्मिक सद्भाव, सामाजिक एकता र राष्ट्रिय भाइचारा कायम राख्न सम्पूर्ण नेपाली नागरिकलाई संयमता अपनाउन आग्रह गरेका छन्।

शुक्रबार जारी सन्देशमा महानिरीक्षक कार्कीले नेपाल धर्म, भाषा, जातजाति र संस्कृतिको विविधताले भरिपूर्ण मुलुक भए पनि आपसी सम्मान, सहिष्णुता र सद्भावका आधारमा अघि बढ्दै आएको उल्लेख गरेका छन्। उनले ‘विविधतामा एकता नै नेपालको पहिचान, गौरव र शक्ति’ भएको बताएका छन्।

उनका अनुसार धर्म, संस्कार र संस्कृति फरक भए पनि देश र साझा भावना एउटै भएकाले सबैले एकअर्काको आस्था, संस्कृति र परम्पराको सम्मान गर्न आवश्यक छ।

महानिरीक्षक कार्कीले सामाजिक सञ्जालमार्फत अफवाह फैलाउने, उत्तेजक अभिव्यक्ति दिने तथा कानुनविपरीत गतिविधिमा संलग्न हुने कार्यले कसैको हित नगर्ने स्पष्ट पारेका छन्। यस्ता गतिविधिले समाजमा तनाव, अविश्वास र विभाजन बढाउने भएकाले सबै नागरिकलाई जिम्मेवार र संयमित बन्न उनले आग्रह गरेका छन्।

विशेषगरी पूर्वी तराईका केही स्थानमा धार्मिक सद्भावमा खलल पुग्ने तथा डर र त्रासको वातावरण सिर्जना गर्ने गतिविधिप्रति उनले गम्भीर चिन्ता व्यक्त गरेका छन्। संवेदनशील परिस्थितिमा अफवाह र घृणाभन्दा विवेक, संयम र सद्भावको बाटो रोज्न उनले सबैसँग अपिल गरेका छन्।

महानिरीक्षक कार्कीले सामाजिक सद्भाव, राष्ट्रिय एकता र भाइचारालाई सुदृढ बनाउन सबै नागरिकले संयमता, सहिष्णुता र आपसी सम्मानका साथ आफ्नो भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४