Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

राष्ट्रिय हित र शान्तिका लागि एकजुट हुन ओलीको आह्वान


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, साउन १४ २०८३
  • 817
    SHARES

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय हित, शान्ति–सुरक्षा र सामाजिक सद्भाव कायम राख्न सम्पूर्ण राजनीतिक शक्ति, नागरिक समाज र आम नेपालीलाई एकजुट हुन आह्वान गरेका छन्।

बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै अध्यक्ष ओलीले देशमा उत्पन्न भएका चुनौतीहरूको समाधान हिंसा, द्वन्द्व र टकरावबाट सम्भव नहुने स्पष्ट पारे। उनले संवाद, सहमति, आपसी विश्वास र जिम्मेवार सहकार्यको माध्यमबाट मात्रै मुलुकलाई वर्तमान जटिल परिस्थितिबाट निकास दिन सकिने बताएका छन्।

ओलीले पछिल्ला दिनमा देशका विभिन्न स्थानमा देखिएको तनावपूर्ण अवस्थाप्रति चिन्ता व्यक्त गर्दै सामाजिक सद्भाव, राष्ट्रिय एकता र कानुनी शासनलाई कमजोर बनाउने कुनै पनि गतिविधि स्वीकार्य हुन नसक्ने उल्लेख गरेका छन्। लोकतान्त्रिक व्यवस्थामा असहमति र विचार फरक हुन सक्ने भए पनि त्यसको समाधान शान्तिपूर्ण संवाद र संवैधानिक प्रक्रियाबाट खोजिनुपर्ने उनको धारणा छ।

फेसबुक सन्देशमार्फत उनले सम्पूर्ण राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवी, धार्मिक अगुवा तथा विभिन्न सामाजिक सम्प्रदायका नेतृत्वकर्ताहरूलाई राष्ट्रिय हितलाई सर्वोपरि राख्दै शान्ति स्थापना र सामाजिक एकता सुदृढ बनाउन साझा प्रयास गर्न आग्रह गरेका छन्।

अध्यक्ष ओलीले मुलुकको विविधता नै नेपालको शक्ति भएको उल्लेख गर्दै जात, धर्म, भाषा वा समुदायका आधारमा समाजलाई विभाजित गर्ने प्रयासबाट सबै सचेत रहनुपर्नेमा जोड दिएका छन्। उनले सामाजिक सद्भाव, सहिष्णुता र भाइचाराको भावनालाई अझ सुदृढ बनाउँदै राष्ट्रिय एकतालाई मजबुत पार्नुपर्ने आवश्यकता औँल्याएका छन्।

उनको भनाइमा वर्तमान परिस्थितिमा सबै पक्षले संयमता अपनाउनु, कानुनको सम्मान गर्नु तथा अफवाह र उत्तेजनाबाट टाढा रहनु अत्यन्त आवश्यक छ। राष्ट्रिय संकटका बेला आपसी विश्वास, संवाद र सहकार्य नै देशलाई सही दिशातर्फ अघि बढाउने सबैभन्दा प्रभावकारी माध्यम हुने उनले उल्लेख गरेका छन्।

ओलीले अन्त्यमा सम्पूर्ण नेपालीलाई शान्ति, स्थिरता र राष्ट्रिय एकताको पक्षमा उभिन आग्रह गर्दै जिम्मेवार अभिव्यक्ति, सहिष्णु व्यवहार र लोकतान्त्रिक मूल्य–मान्यताको सम्मान गर्न सबैसँग अपिल गरेका छन्।

ओलीको सन्देश

सुनसरी जिल्लाको देवानगञ्ज गाउँपालिकामा विगत केही दिनदेखि उत्पन्न तनावग्रस्त परिस्थिति, राज्य पक्षबाट भएको बल प्रयोग तथा त्यस क्रममा स्थानीय युवा ओमप्रकाश मेहता, आज सिरहाका गणेश यादवको गोली लागेर भएको दुःखद निधन र अन्य नागरिकहरू गम्भीर घाइते भएको घटनाप्रति हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी (एमाले) को गम्भीर ध्यानाकर्षण भएको छ ।
अमानवीय क्रम रोकिनुको सट्टा झन् उग्र बन्दै आज सिरहा लगायतका विभिन्न स्थानहरूमा समेत गोली लागी थप नागरिकहरूको ज्यान गएको खबरले हामीलाई अत्यन्त स्तब्ध र मर्माहत बनाएको छ । यस हिंसामा ज्यान गुमाउनुभएकाहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु । साथै, घाइते नागरिकहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।
यस जटिल र संवेदनशील घडीमा सम्पूर्ण नागरिक, राजनीतिक दल तथा सरोकारवालाहरूसँग म निम्नअनुसार अपिल गर्दछु:
१. संयमता र सामाजिक सद्भाव:
नागरिकहरूबीचको एकता र भ्रातृत्व नै राष्ट्रको बल हो । जनतालाई आपसमा विभाजित गर्दै अवाञ्छित उद्देश्य पूरा गर्ने षड्यन्त्रहरू भइरहेको हुन सक्नेतर्फ सचेत हुँदै नेकपा (एमाले) र अन्य राजनीतिक पार्टीका नेता-कार्यकर्ता, नागरिक समाज र सञ्चारकर्मी लगायत सम्पूर्ण आम नागरिकहरूलाई कुनै पनि प्रकारको भ्रामक प्रचारको पछि नलागी संयमित हुन, सामाजिक सद्भाव र एकता कायम राख्नकालागि सक्रिय हुन हार्दिक अनुरोध गर्दछु ।
२. सरकारको गैरजिम्मेवार भूमिका र मौनता:
नागरिकको जीउधनको रक्षा गर्नु र संवादको माध्यमबाट समस्याको समाधान गरी देशलाई शान्तिको बाटोमा लैजानु सरकारको प्राथमिक दायित्व हो । तर, राष्ट्रिय सुरक्षा र सामाजिक सुव्यवस्था संवेदनशील अवस्थामा पुग्दा समेत सरकारले देखाएको उदासीनता, अत्यधिक बल प्रयोग र मौनता अत्यन्त शंकास्पद एवं भर्त्सनायोग्य छ । हिंसात्मक कदम तत्काल रोकी अविलम्ब संवादको माध्यमबाट समाधान खोज्न आग्रह गर्दछु ।
३. दलहरूबीच राजनीतिक सहकार्य:
मुलुक विषम परिस्थितिबाट गुज्रिरहेको बेला मुख्य राजनीतिक दलहरूले आपसी राजनीतिक प्रतिस्पर्धा, आरोप-प्रत्यारोप र सस्तो लोकप्रियताभन्दा माथि उठेर मुलुकमा शान्ति, सुरक्षा र स्थायित्व कायम गर्न सहकार्य गर्नु आवश्यक छ ।
४. राष्ट्रिय एकता र शान्तिका लागि आह्वान:
द्वन्द्व र हिंसाबाट समस्याको समाधान हुन सक्दैन । संवाद, सहमति र जिम्मेवार सहकार्यले नै वर्तमान जटिलताबाट मुलुकलाई निकास दिने छ ।
राष्ट्रको अस्तित्व, शान्ति-सुरक्षा र सामाजिक सद्भावमाथि संकट आउन लागेको यस घडीमा म सम्पूर्ण राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवी तथा विभिन्न धार्मिक एवं सामाजिक सम्प्रदायका अगुवाहरूलाई राष्ट्रिय हित र शान्ति स्थापनाका लागि एकजुट हुन हार्दिक आह्वान गर्दछु ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४