Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बाढीले सेनाको ब्यारेकमा क्षति


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, साउन १३ २०८३
  • 988
    SHARES

गण्डकी । कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका–१ स्थित सुपरसेती जलविद्युत् आयोजनाको सुरक्षार्थ खटिएको नेपाली सेनाको अस्थायी ब्यारेकमा सेती नदीमा आएको बाढीले क्षति पुर्‍याएको छ। केही दिनअघि परेको अविरल वर्षापछि नदीमा आएको बाढीले निर्माणाधीन ब्यारेकमा भौतिक क्षति पुर्‍याएको हो।

प्रहरीका अनुसार बाढीले प्रिफ्याब संरचना र जस्तापाताले निर्माण गरिएको ब्यारेकका तीनवटा कोठा पूर्ण रूपमा बगाएको तथा प्रयोग गर्न नमिल्ने अवस्थामा पुर्‍याएको छ। उक्त ब्यारेक आयोजनाको सुरक्षा जिम्मेवारीमा खटिएका नेपाली सेनाका जवानका लागि अस्थायी रूपमा निर्माण गरिएको थियो।

सार्दीखोला प्रहरी चौकीका वरिष्ठ हवल्दार टीकाराम गुरुङका अनुसार बाढीका कारण ब्यारेकमा रहेका हातहतियार भने सुरक्षित राख्न सफल भए पनि सेनाका लत्ताकपडा, दैनिक उपभोगका सामग्री तथा अन्य आवश्यक सामान बाढीले बगाएको छ। घटनापछि क्षतिको प्रारम्भिक विवरण सङ्कलन गर्ने कार्य सुरु गरिएको उनले बताए।

मंगलबार प्रहरी टोली घटनास्थलमा पुगेर क्षतिको निरीक्षण तथा विवरण सङ्कलन गरेको थियो। भौतिक संरचनामा पुगेको क्षति, बगेका सामग्री तथा पुनःनिर्माणका लागि आवश्यक विवरण सम्बन्धित निकायलाई उपलब्ध गराउने तयारी भइरहेको जनाइएको छ।

प्रहरीका अनुसार घटना भएको क्षेत्र भौगोलिक रूपमा अत्यन्तै विकट र दुर्गम भएकाले समयमै सूचना प्राप्त हुन सकेको थिएन। सञ्चार र यातायात पहुँच सीमित भएका कारण घटनाबारे केही ढिलो गरी जानकारी प्राप्त भएको वरिष्ठ हवल्दार गुरुङले बताए।

हाल घटनास्थलको अवस्था सामान्य बन्दै गएको भए पनि वर्षायामका कारण सेती नदी आसपासका क्षेत्रमा अझै सतर्कता अपनाइएको छ। सम्बन्धित निकायले नदी किनारका जोखिमयुक्त क्षेत्रमा रहेका सुरक्षा संरचना तथा आयोजनासम्बन्धी पूर्वाधारको सुरक्षा व्यवस्थालाई थप मजबुत बनाउने तयारी गरेको जनाएको छ।

सुपरसेती जलविद्युत् आयोजना गण्डकी प्रदेशका महत्वपूर्ण ऊर्जा आयोजनामध्ये एक मानिन्छ। आयोजनाको सुरक्षाका लागि नेपाली सेना परिचालन गरिएको छ भने बाढीबाट प्रभावित संरचनाको पुनःनिर्माण र आवश्यक सामग्री व्यवस्थापनका लागि सम्बन्धित निकायले आवश्यक प्रक्रिया अघि बढाइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४