Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, साउन १० २०८३
  • 988
    SHARES

काठमाडौँ । लमजुङमा स्थापित आदिकवि भानुभक्त आचार्य र वीरगञ्जवासी खड्कबहादुर थापाको सालिक तोडफोड गरी क्षति पुर्‍याएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। घटनापछि जिल्ला प्रहरी कार्यालय लमजुङले अनुसन्धान तीव्र बनाउँदै आरोपितलाई नियन्त्रणमा लिएको जनाएको हो।

जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार मध्यनेपाल नगरपालिका–४, दुर्दीपुलस्थित बौद्धा रिस्ती खोलापुल नजिक रहेको भानु घाँसी संवाद पार्क मा स्थापित आदिकवि भानुभक्त आचार्य र समाजसेवी खड्कबहादुर थापाको सालिक साउन ७ गते राति अज्ञात व्यक्तिले तोडफोड गरी क्षति पुर्‍याएका थिए।

घटनापछि प्रहरीले घटनास्थलको मुचुल्का उठाउनुका साथै सीसीटीभी फुटेज, स्थानीयको बयान तथा अन्य प्रमाणको आधारमा अनुसन्धान अघि बढाएको थियो। सोही क्रममा व्यास नगरपालिका–७, तनहुँका स्थायी बासिन्दा तथा हाल लमजुङमा बस्दै आएका २४ वर्षीय रोशन कुँवरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार पक्राउ परेका कुँवरमाथि सार्वजनिक सम्पत्तिमा क्षति पुर्‍याएको तथा आपराधिक उपद्रव गरेको आरोपमा अनुसन्धान भइरहेको छ। उनलाई लमजुङ जिल्ला अदालतबाट आपराधिक उपद्रव मुद्दामा पाँच दिनको म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको छ।

सालिक तोडफोडको घटनाले स्थानीयवासी, साहित्यप्रेमी तथा सामाजिक अगुवाहरूको ध्यानाकर्षण गराएको छ। आदिकवि भानुभक्त आचार्य नेपाली भाषा–साहित्यका प्रमुख व्यक्तित्वका रूपमा सम्मानित छन् भने पार्कमा स्थापित सालिक स्थानीय ऐतिहासिक तथा सांस्कृतिक सम्पदाको प्रतीकका रूपमा रहेको छ।

प्रहरीले घटनाको वास्तविक कारण, तोडफोडको उद्देश्य तथा अन्य व्यक्तिको संलग्नता भए–नभएको विषयमा अनुसन्धान जारी रहेको जनाएको छ। साथै सार्वजनिक सम्पत्ति तथा राष्ट्रिय विभूतिका स्मारकमाथि तोडफोड गर्ने जो–कोहीलाई कानुनबमोजिम कारबाही गरिने चेतावनी पनि दिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४