काठमाडौँ । गान्धी आदर्श माध्यमिक विद्यालयमा शिक्षक–अभिभावक संघ गठन प्रक्रिया सर्वसम्मतिमा सम्पन्न भएको छ। विद्यालयको सभाहलमा आयोजित भेलाले नयाँ कार्यसमिति चयन गर्दै विद्यालयको शैक्षिक विकासमा अभिभावक र शिक्षकबीचको सहकार्यलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेको हो।
भेलामा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गया प्रसाद उपाध्यायको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो। विद्यालय व्यवस्थापन समितिमा खड्ग प्रसाद शिवाकोटी, संगीता कार्की खड्का र सरिता थापा सदस्य रहेका छन् भने विद्यालयका प्रधानाध्यापक गणेश चन्द सदस्य सचिवका रूपमा रहनुभएको छ।
सर्वसम्मतिबाट गठित शिक्षक–अभिभावक संघको अध्यक्षमा शक्ति केसी चयन हुनुभएको छ। संघको सदस्य सचिवमा विद्यालयका प्रधानाध्यापक गणेश चन्द रहनुभएको छ।
त्यसैगरी, कार्यसमितिका सदस्यहरूमा नेत्र बहादुर कार्की, सुदर्शन मगराती, बेग बहादुर बिक, सुशिला सापकोटा, सुनिता थापा, प्रतिभा खड्का तथा सरिता घिमिरे चयन हुनुभएको छ।
शिक्षकतर्फबाट प्रतिनिधित्व गर्ने दुई जना सदस्यको नाम भने पछि टुङ्गो लगाइने विद्यालयले जनाएको छ।
कार्यक्रममा सहभागीहरूले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए। साथै विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि, अनुशासित शैक्षिक वातावरण निर्माण तथा विद्यालय, शिक्षक र अभिभावकबीचको सहकार्यलाई अझ प्रभावकारी बनाउँदै लैजान नवगठित समितिले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको थियो।