Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बंगलादेशका राष्ट्रपति शाहबुद्दिनले दिए पदबाट राजीनामा


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, साउन ८ २०८३
  • 15.5K
    SHARES

काठमाडाैं । बंगलादेशका राष्ट्रपति मोहम्मद शाहबुद्दिनले पदबाट राजीनामा दिनुभएको छ ।

राष्ट्रपति शाहबुद्दिनले गम्भीर स्वास्थ्य समस्याका कारण राजीनामा दिनुभएको उहाँको कार्यालयलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको हाे। निर्वासनमा रहनुभएकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आफू भारतबाट स्वदेश फर्किने घोषणा गरेपछि राष्ट्रपति शाहबुद्दिनले पदबाट राजीनामा दिनुभएको हो । राष्ट्रपति शाहबुद्दिन हसिनाका पूर्वसहयोगी हुनुहुन्छ ।

सन् २०२३ को अप्रिलदेखि राष्ट्रपतिको जिम्मेवारी सम्हाल्दै आउनुभएका शाहबुद्दिनले सन् २०२४ को अगस्टमा विद्यार्थी आन्दोलनले प्रधानमन्त्री शेख हसिनालाई पदच्युत गरेपछिको अस्थिर समयमा र त्यसको केही दिनपछि अन्तरिम सरकार गठन नभएसम्म देशको नेतृत्व सम्हाल्नुभएको थियो ।

बंगलादेशका राष्ट्रपति राष्ट्रप्रमुख हुन् तर यो भूमिका मुख्यतया आलङ्कारिक प्रकृतिको हुन्छ। कार्यकारी अधिकार भने प्रधानमन्त्री र मन्त्रिपरिषदमा निहित हुन्छ । बंगलादेशको समाचार साइट ‘ढाका ट्रिब्युन’ का अनुसार शाहबुद्दिनको राजीनामाले अन्तरिम राष्ट्रपतिको संवैधानिक प्रक्रिया शुरू गरेको छ। राष्ट्रिय संसदका सभामुख हाफिज उद्दिन अहमदले शुक्रबार रातिका लागि आपत्कालीन पत्रकार सम्मेलन बोलाउनुभएको छ ।

बंगलादेशको संविधानबमोजिम नयाँ राष्ट्रपतिले पदभार ग्रहण नगरेसम्म सभामुखले राष्ट्रपतिको जिम्मेवारी सम्हाल्नु हुने भएकाे हाे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४