Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

डा. केसीका जायज माग तत्काल सम्बोधन गर्नुपर्छ: तोषिमा कार्की


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, साउन ८ २०८३
  • 589
    SHARES

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद तथा चिकित्सक डा. तोषिमा कार्कीले चिकित्सा शिक्षा सुधार अभियन्ता प्रा. डा. गोविन्द केसीको आमरण अनशन तत्काल सम्बोधन गर्न सरकारसँग आग्रह गरेकी छन्। उनले सरकारले ढिलाइ नगरी डा. केसीका जायज मागहरू पूरा गर्न पहल गर्नुपर्ने बताएकी हुन्।

डा. केसीले आमरण अनशन सुरु गरेपछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै सांसद कार्कीले यस्तो अवस्था आउनै नपर्ने उल्लेख गरेकी छन्। उनले सरकार समयमै संवादमा बसेको भए फेरि पनि डा. केसीलाई अनशनको बाटो रोज्नुपर्ने अवस्था सिर्जना नहुने बताएकी हुन्।

उनले लेखेकी छन्, “अनशन बस्नुपर्ने अवस्था आउनै नपर्ने थियो। आएछ, सर अनशन बस्नुभयो। अब हाम्रो सरकारले तत्कालै डा. केसीका जायज मागहरू सम्बोधन गरोस्।”

कार्कीले सरकारको दायित्व आन्दोलन चर्किएपछि मात्र प्रतिक्रिया जनाउने नभई समयमै समस्या समाधान गर्ने भएको बताइन्। प्रधानमन्त्री, शिक्षामन्त्री र स्वास्थ्यमन्त्रीले प्रत्यक्ष संवादमार्फत डा. केसीसँग छलफल गरी समाधान खोज्नुपर्नेमा उनले जोड दिएकी छन्।

उनका अनुसार विगतका सरकारहरूसँग भएका सम्झौताहरूको प्रभावकारी कार्यान्वयन गर्दै चिकित्सा शिक्षालाई स्वच्छ, पारदर्शी, गुणस्तरीय र जनमुखी बनाउने दिशामा सरकार अघि बढ्नुपर्छ। उनले आफूले यस विषयमा शिक्षामन्त्री तथा प्रधानमन्त्रीको सचिवालयको समेत ध्यानाकर्षण गराइसकेको जानकारी दिँदै अब थप ढिलाइ गर्न नहुने चेतावनी दिएकी छन्।

“ढिला नहोस्। शरीर गलेपछि, आन्दोलन चर्किएपछि, मिडिया जागेपछि र जनदबाब बढेपछि मात्रै सम्बोधन गर्ने अवस्था अब दोहोरिनु हुँदैन,” उनले उल्लेख गरेकी छन्।

गेटा विश्वविद्यालयबारे फैलिएको भ्रम चिर्न आग्रह

सांसद कार्कीले डा. गोविन्द केसीले गेटामा स्थापना हुन लागेको शहीद दशरथ चन्द विश्वविद्यालय को विरोध गरेको भन्ने प्रचार गलत भएको स्पष्ट पारेकी छन्। उनले डा. केसीको वास्तविक माग विश्वविद्यालय रोक्नु नभई सुदूरपश्चिमका नागरिकलाई तत्काल स्वास्थ्य सेवा उपलब्ध गराउनु रहेको बताइन्।

उनका अनुसार डा. केसीले गेटामा तत्काल ३०० शय्याको अस्पताल सञ्चालन गर्न र एमबीबीएस अध्ययन शीघ्र सुरु गर्न माग गरिरहेका छन्। यही विषयलाई तोडमोड गरी भ्रम फैलाउने प्रयास भइरहेको भन्दै उनले त्यसबाट सचेत रहन आग्रह गरेकी छन्।

उनले भनिन्, “उहाँको मागलाई समर्थन गर्नु वा नगर्नु आ–आफ्नो धारणा हुन सक्छ। तर उहाँका माग र विगतका उपलब्धिलाई तोडमोड गर्नु भनेको एक सत्याग्रहीको त्याग र संघर्षमाथिको अपमान हो।”

ठूलो संरचना बने पनि सेवा अझै सुरु हुन सकेन

कार्कीका अनुसार गेटामा ठूलो भौतिक संरचना निर्माण भइसके पनि अझै ३०० शय्याको अस्पताल सञ्चालनका लागि आवश्यक स्वीकृति प्राप्त हुन सकेको छैन। कहिले मेडिकल कलेज, कहिले प्रतिष्ठान र कहिले विश्वविद्यालयको अवधारणामा प्रक्रिया परिवर्तन हुँदै जाँदा सुदूरपश्चिमका नागरिकले वर्षौँदेखि अपेक्षित स्वास्थ्य सेवा पाउन नसकेको उनको भनाइ छ।

उनले गेटाको पूर्वाधारलाई उपयोगविहीन राख्नु दुर्भाग्यपूर्ण भएको उल्लेख गर्दै तत्काल अस्पताल सञ्चालन गरी त्यससँगै चिकित्सा शिक्षाको कार्यक्रम अघि बढाउनुपर्नेमा जोड दिएकी छन्।

संसदमा पनि उठाएकी थिइन् आवाज

सांसद कार्कीले आफूले अघिल्लो कार्यकालमै गेटामा ३०० शय्याको अस्पताल तत्काल सञ्चालन गर्नुपर्ने विषय संसद तथा संसदीय समितिमा पटक–पटक उठाएको स्मरण गराएकी छन्। साथै, सम्बन्धित विधेयक चाँडो टुङ्ग्याएर चिकित्सा शिक्षाको विस्तार गर्न निरन्तर दबाब दिँदै आएको पनि उल्लेख गरेकी छन्।

उनले अहिले गेटाको संरचनालाई चिकित्सा शिक्षामै केन्द्रित शहीद दशरथ चन्द विश्वविद्यालय का रूपमा अघि बढाउने निर्णयलाई सकारात्मक उपलब्धिका रूपमा लिनुपर्ने बताउँदै यो अवसर गुम्न नदिन सरकारलाई आग्रह गरेकी छन्।

स्वास्थ्य सुधार अभियानमा निरन्तर साथ रहने प्रतिबद्धता

सांसद कार्कीले चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्र सुधारका अभियानमा आफ्नो समर्थन निरन्तर रहने स्पष्ट पार्दै जनहितका विषयमा कुनै सम्झौता नगर्ने प्रतिबद्धता व्यक्त गरेकी छन्।

उनले अन्त्यमा लेखेकी छन्, “नेपाली जनताको हित केन्द्रित अभियानमा चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्र सुधारका लागि आदरणीय प्रा. डा. गोविन्द केसीसँग सधैँ थिएँ, छु र रहनेछु।”

डा. केसीको आमरण अनशनसँगै चिकित्सा शिक्षा सुधार, गेटा अस्पताल सञ्चालन, एमबीबीएस अध्ययन प्रारम्भ तथा विगतका सम्झौताहरू कार्यान्वयनको विषय पुनः राष्ट्रिय बहसको केन्द्रमा आएको छ। सांसद कार्कीले सरकारले संवाद, सहकार्य र प्रतिबद्धतामार्फत समस्या समाधान गर्नुपर्नेमा जोड दिएकी छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४