Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रमुख निर्वाचन आयुक्त र आयुक्तका लागि सिफारिस तीन जनाविरुद्ध उजुरी आह्वान, १० दिनभित्र प्रमाणसहित निवेदन दिन आग्रह


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, असार २७ २०८३
  • 874
    SHARES

काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्त पदका लागि सिफारिस गरिएका तीन जनाविरुद्ध सार्वजनिक रूपमा उजुरी आह्वान गरेको छ। समितिले शनिबार सूचना प्रकाशित गर्दै नियुक्तिका लागि सिफारिस गरिएका व्यक्तिहरू उपयुक्त नभएको ठोस आधार, प्रमाण वा जानकारी भए १० दिनभित्र उजुरी दर्ता गर्न आग्रह गरेको हो।

समितिले जारी गरेको सूचनाअनुसार प्रमुख निर्वाचन आयुक्तमा सिफारिस गरिएका मानबहादुर कार्की (मोरङ) तथा निर्वाचन आयुक्तमा सिफारिस गरिएका डा. राजीव सुब्बा (काठमाडौं) र गुरुप्रसाद वाग्ले (ओखलढुङ्गा) विरुद्ध प्रमाणसहित उजुरी दिन सकिने व्यवस्था गरिएको छ।

समितिले उजुरी नेपाली वा अंग्रेजी भाषामा पेश गर्न सकिने जनाएको छ। उजुरीमा सम्बन्धित व्यक्तिविरुद्ध उठाइएका आरोप वा आपत्तिको स्पष्ट विवरण, त्यसलाई पुष्टि गर्ने प्रमाण तथा आवश्यक कागजात समावेश गर्नुपर्नेछ।

त्यस्तै, उजुरीकर्ताले आफ्नो नाम, थर, स्थायी ठेगाना, जिल्ला, सम्पर्क नम्बर लगायतका विवरण स्पष्ट रूपमा उल्लेख गर्नुपर्ने समितिको सूचनामा उल्लेख गरिएको छ। आधार र प्रमाण पुष्टि गर्ने कागजातको प्रतिलिपिसमेत अनिवार्य रूपमा संलग्न गर्नुपर्ने व्यवस्था गरिएको छ।

उजुरी सिंहदरबारस्थित संसदीय सुनुवाइ समितिको सचिवालयमा सिधै बुझाउन सकिनेछ। साथै, देशभरका जिल्ला प्रशासन कार्यालयमार्फत पनि कुनै दस्तुर नलिई समितिमा पठाउन सकिने व्यवस्था गरिएको छ।

समितिले यो सूचना पहिलो पटक असार २६ गते सार्वजनिक गरिएको जानकारी दिएको छ। प्राप्त हुने उजुरीका आधारमा संसदीय सुनुवाइ प्रक्रिया अघि बढाइने र त्यसपछि नियुक्तिबारे निर्णय हुने जनाइएको छ।

उल्लेखनीय छ, प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा असार १९ गते बसेको संवैधानिक परिषद्को बैठकले मानबहादुर कार्कीलाई प्रमुख निर्वाचन आयुक्त तथा डा. राजीव सुब्बा र गुरुप्रसाद वाग्लेलाई निर्वाचन आयुक्तमा नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो। अब संसदीय सुनुवाइ समितिले प्राप्त उजुरी, प्रमाण र सुनुवाइ प्रक्रियाका आधारमा उनीहरूको नियुक्ति सम्बन्धी अन्तिम सिफारिस गर्नेछ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४