Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

काठमाडौं उपत्यकामा बर्डफ्लू संक्रमण यथावत काभ्रेपलाञ्चोकमा संक्रमण तीव्र रूपमा फैलिंदै


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, असार २४ २०८३
  • 817
    SHARES

काठमाडाैं। देशका अधिकांश जिल्लामा बर्डफ्लू संक्रमण नियन्त्रणमा आए पनि काठमाडौं उपत्यका र काभ्रेपलाञ्चोकमा भने जोखिम अझै कायम रहेको छ ।

पशु सेवा विभागले झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा र चितवन लगायत जिल्लामा संक्रमण पूर्णरूपमा नियन्त्रणमा आइसकेको जनाएकाे हाे । विभागका वरिष्ठ पशु सेवा चिकित्सक डा. मुकुल उपाध्यायले उपत्यकाका तीन जिल्लामा संक्रमणको अवस्था यथावत रहे पनि काभ्रेपलाञ्चोकमा भने संक्रमण तीव्र रूपमा फैलिरहेको बताउनुभयाे ।

विभागको तथ्यांक अनुसार संक्रमण नियन्त्रणका लागि हालसम्म देशैभर सात लाख ५४ हजार ५ सय पन्छी, १० लाख ९१ हजार ३ सय ३ अण्डा तथा दुई लाख ४३ हजार ६ सय ३५ केजी दाना नष्ट गरिएको छ । त्यसमध्ये काठमाडौं उपत्यकाका तीन जिल्ला र काभ्रेमा मात्रै दुई लाख ८६ हजार २ सय ७७ पन्छी, एक लाख ७९ हजार ६४ अण्डा र ७४ हजार केजी दाना नष्ट गरिएको विभागले जनाएको हाे ।

वरिष्ठ पशु सेवा चिकित्सक उपाध्यायले जोखिमयुक्त क्षेत्रको स्थलगत अनुगमन गरी संघीय र स्थानीय सरकारको समन्वयमा प्रतिवेदन तयार पारिएको बताउनुभयाे। सोही आधारमा संक्रमित क्षेत्रका पन्छी नष्ट गर्ने तथा संक्रमण नियन्त्रणका अन्य उपाय कार्यान्वयन प्रक्रिया अघि बढाइएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४