Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

उत्कृष्ट सूचना प्रविधि उद्यमीलाई पुरस्कृत


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, असार २० २०८३
  • 342
    SHARES

भक्तपुर । राष्ट्रिय युवा परिषद्ले छ जना उत्कृष्ट सूचना प्रविधि उद्यमी तथा स्टार्टअप व्यवसायीलाई जनही रु दुई लाखसहित पुरस्कृत गरेको छ ।

उक्त पुरस्कारबाट यार्सा टेक प्रालि पोखराकी सविता शर्मा, सात्भिका भान्साघर कैलालीकी महेश्वरीकुमारी सिंह, ई–कागजपत्र प्रालि ललितपुरका निकेश सिंह, सकल बायो इञ्जाइम नेपाल ललितपुरकी सरला महर्जन, भर्मिकाउ अर्गानिक्स कैलालीका आयुश अवस्थी र डियर सर ‘होम ट्युसन’ प्रालि काठमाडौँका रविकिरण श्रेष्ठ पुरस्कृत भएका हुन् ।

राष्ट्रिय योजना आयोगका सदस्य पुकार मल्लले पुरस्कार वितरण गर्दै नेपालमा युवा उद्यमशीलताको सम्भावना अत्यधिक रहेको बताउँदै उद्यमशीलता प्रवद्र्धनमार्फत देशभित्रै रोजगारी र समृद्धिको आधार निर्माण गर्नुपर्ने धारणा राखे । उनले जेनजी प्रदर्शनपछि बनेको नयाँ सरकारसँग नागरिकले आर्थिक उपलब्धि खोजिरहेका बताउँदै सरकारले यसतर्फ केन्द्रित भएर काम गर्नुपर्ने आवश्यकता औँलयाए ।

परिषद्का प्रशासकीय प्रमुख गेहनाथ गौतमले युवा उद्यमीका नवीनतम् सोच, सीप र उद्यम कार्यलाई प्रोत्साहित गर्ने उद्देश्यले सम्मानस्वरुप छ जनालाई पुरस्कृत गरिएको बताए ।

पुरस्कार वितरण कार्यक्रममा युवा, श्रम तथा रोजगार मन्त्रालयका सहसचिव हेमराज तामाङ, परिषद्का पूर्व उपाध्यक्ष सुरेन्द्र बस्नेतलगायतले मुलुकको समृद्धिका लागि ‘स्टार्टअप’ व्यवसाय तथा उद्यमप्रति आकर्षण बढाउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा आवेदन दिएका मध्येबाट १५ वटा व्यवसायी छनोट गरी शुक्रबार कार्यालय हाताभित्र सूचना प्रविधि उद्यमी तथा स्टार्टअप व्यवसाय प्रदर्शनी गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४