Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

फिफा विश्वकप : केप भर्डेमाथि संघर्षपूर्ण जित निकाल्दै अर्जेन्टिना अन्तिम १६ मा प्रवेश


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, असार २० २०८३
  • 722
    SHARES

काठमाडौं । साविक विजेता अर्जेन्टिनाले फिफा विश्वकप फुटबलमा रोमाञ्चक जित निकाल्दै अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ। शनिबार बिहान हार्ड रक स्टेडियममा भएको राउन्ड अफ ३२ को खेलमा अर्जेन्टिनाले नवप्रवेशी केप भर्डेलाई ३–२ गोलले पराजित गर्दै उपाधि रक्षा अभियानलाई निरन्तरता दिएको हो।

खेलको सुरुदेखि नै दुवै टोलीले आक्रामक खेल प्रस्तुत गरेका थिए। बल नियन्त्रणमा अर्जेन्टिना केही अघि देखिए पनि केप भर्डेले पनि बराबरी चुनौती दिएको थियो। पहिलो हाफमा अर्जेन्टिनाले केही राम्रो अवसर सिर्जना गरेको थियो भने केप भर्डेले पनि प्रतिआक्रमणमार्फत दबाब बनाएको थियो।

खेलको २९औँ मिनेटमा कप्तान लियोनल मेसीले सुन्दर गोल गर्दै अर्जेन्टिनालाई १–० को अग्रता दिलाए। मेसीको गोलसँगै अर्जेन्टिनाले पहिलो हाफमा अग्रता कायम राख्यो। त्यसपछि दुवै टोलीबाट केही अवसर बने पनि थप गोल हुन सकेन।

दोस्रो हाफमा केप भर्डे थप आक्रामक रूपमा मैदानमा उत्रियो। खेलको ५९औँ मिनेटमा डेरोय डुआर्टेले गोल गर्दै खेललाई १–१ को बराबरीमा पुर्‍याए। त्यसपछि खेल थप रोमाञ्चक बनेको थियो। दुवै टोलीले जितका लागि लगातार आक्रमण गरे पनि निर्धारित ९० मिनेटभित्र विजयी गोल निस्कन सकेन। त्यसपछि खेल अतिरिक्त समयमा पुगेको थियो।

अतिरिक्त समय सुरु भएको केही मिनेटमै अर्जेन्टिनाले फेरि अग्रता बनायो। खेलको ९२औँ मिनेटमा लिसान्द्रो मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई २–१ को अवस्थामा पुर्‍याए। तर केप भर्डेले हार मानेन। खेलको १०३औँ मिनेटमा सिड्नी काब्रालले गोल गर्दै फेरि खेललाई २–२ को बराबरीमा ल्याए।

दुवै टोली बराबरीमा रहेपछि खेल पेनाल्टीतर्फ जाने संकेत देखिएको थियो। तर खेलको १११औँ मिनेटमा अर्जेन्टिनाको आक्रमण रोक्ने क्रममा केप भर्डेका डाइनी बोर्जेसबाट आत्मघाती गोल हुन पुग्यो। उक्त गोल नै खेलको निर्णायक गोल बन्यो।

बाँकी समयमा केप भर्डेले बराबरी गोलका लागि निरन्तर प्रयास गरे पनि अर्जेन्टिनाको रक्षापंक्तिले उत्कृष्ट प्रदर्शन गर्दै अग्रता जोगायो। अन्तिम सिटीसँगै अर्जेन्टिनाले ३–२ को महत्वपूर्ण जित दर्ता गर्दै अन्तिम १६ मा स्थान सुरक्षित गर्‍यो।

केप भर्डेले हार बेहोरे पनि प्रतियोगिताभर देखाएको प्रदर्शनको प्रशंसा भएको छ। पहिलोपटक विश्वकपको नकआउट चरणमा पुगेको टोलीले साविक विजेतालाई अन्तिम समयसम्म कडा चुनौती दिएको थियो।

यस जितसँगै अर्जेन्टिनाको उपाधि रक्षा अभियान कायम रहेको छ। अब अर्जेन्टिनाले अन्तिम १६ मा इजिप्टसँग प्रतिस्पर्धा गर्नेछ। उक्त खेलमा जित निकाल्दै क्वार्टरफाइनलमा पुग्ने लक्ष्यका साथ अर्जेन्टिना मैदान उत्रनेछ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४