Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

संसदीय शासन प्रणाली असफल भइसक्यो : वामदेव गौतम


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, असार १७ २०८३
  • 874
    SHARES

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता वामदेव गौतम ले नेपालको वर्तमान संसदीय शासन प्रणाली असफल भइसकेको दाबी गर्दै प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली नै देशका लागि उपयुक्त विकल्प भएको बताउनुभएको छ ।

बुधबार आयोजित पूर्व सांसद मञ्च, नेपालको ६६ औँ वार्षिक साधारणसभामा बोल्दै नेता गौतमले २०१५ सालदेखि हालसम्म कुनै पनि प्रधानमन्त्रीले पाँच वर्षे कार्यकाल पूरा गर्न नसकेको उल्लेख गर्दै संसदीय व्यवस्थाले राजनीतिक स्थायित्व दिन नसकेको तर्क गर्नुभयो ।

उहाँले निर्वाचित सरकारले जनताबाट प्राप्त म्यान्डेटअनुसार पूरा कार्यकाल काम गर्न पाउनुपर्ने बताउँदै बीचमै सरकार परिवर्तन हुने परिपाटी अन्त्य गर्न आवश्यक रहेको धारणा राख्नुभयो । सरकार गठन र विघटनको निरन्तर चक्रले विकास निर्माण तथा सुशासनमा नकारात्मक प्रभाव पारेको उहाँको भनाइ थियो ।

गौतमले संविधान संशोधनका विषयमा आफूले लेखेको पुस्तकमा पनि प्रधानमन्त्री प्रणाली नेपालको सन्दर्भमा असफल भएको निष्कर्ष प्रस्तुत गरेको उल्लेख गर्नुभयो । उहाँले २०१५ सालदेखि हालसम्म कुनै पनि प्रधानमन्त्रीले पाँच वर्ष कार्यकाल पूरा गर्न नसकेको र संसदसमेत आफ्नो पूर्ण कार्यकाल टिक्न नसकेको भन्दै शासन प्रणालीबारे गम्भीर पुनर्विचार आवश्यक रहेको बताउनुभयो ।

उहाँले प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीमा जनताले निर्वाचित गरेको नेतृत्वले पाँच वर्षसम्म अविच्छिन्न रूपमा काम गर्न पाउने व्यवस्था हुने भएकाले राजनीतिक स्थायित्व कायम गर्न सहयोग पुग्ने धारणा व्यक्त गर्नुभयो ।

कार्यक्रममा बोल्दै नेता गौतमले पूर्व सांसदहरूको अनुभव र ज्ञानलाई राष्ट्र निर्माणमा उपयोग गर्नुपर्ने आवश्यकता पनि औँल्याउनुभयो । सरकारले पूर्व सांसदहरूलाई सम्मान गर्न चाहे विकास निर्माण, अनुगमन तथा निरीक्षणजस्ता जिम्मेवारी दिन सक्ने उहाँको सुझाव थियो ।

उहाँले विश्वका विभिन्न मुलुकमा पूर्व सांसद तथा अनुभवी राजनीतिज्ञहरूको ज्ञान र अनुभवलाई राज्यले विभिन्न क्षेत्रमा उपयोग गर्ने अभ्यास रहेको उल्लेख गर्दै नेपालमा पनि त्यस्तो व्यवस्था आवश्यक रहेको बताउनुभयो । पूर्व सांसदहरूलाई विकास आयोजनाको अनुगमन, मूल्यांकन तथा नीतिगत सुझाव दिने भूमिकामा परिचालन गर्न सकिने उहाँको भनाइ थियो ।

महिलाको राजनीतिक सहभागिताबारे चर्चा गर्दै गौतमले संविधानले महिलालाई प्रदान गरेका अधिकारहरू अझै पूर्ण रूपमा कार्यान्वयन हुन नसकेको टिप्पणी गर्नुभयो । यद्यपि पछिल्लो निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी ले ५१ प्रतिशत महिला उम्मेदवारलाई निर्वाचित गराउन सफल भएको विषयलाई उहाँले सकारात्मक उपलब्धिका रूपमा लिनुभयो ।

उहाँले महिलाको प्रतिनिधित्व वृद्धि हुनु लोकतान्त्रिक प्रणालीको सुदृढीकरणका लागि महत्वपूर्ण भएको उल्लेख गर्दै संविधानले सुनिश्चित गरेका अधिकारहरूको प्रभावकारी कार्यान्वयनमा सबै पक्षले ध्यान दिनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

कार्यक्रममा सहभागी अन्य वक्ताहरूले पनि संविधान कार्यान्वयन, राजनीतिक स्थायित्व, सुशासन तथा लोकतान्त्रिक संस्थाहरूको सुदृढीकरणका विषयमा धारणा राखेका थिए । पूर्व सांसद मञ्चको वार्षिक साधारणसभामा पूर्व सांसदहरू, राजनीतिक दलका प्रतिनिधि तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४