Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

असार १६ गते मंगलबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, असार १६ २०८३
  • 969
    SHARES

आजको पञ्चाङ्ग

वि.सं. असार १६, २०८३ । इ.सन् 30 Jun, 2026 । शक संवत् १९४८ । नेपाल संवत् ११४६ (तछलागा) रौद्र संवत्सर उत्तरायण ग्रीष्म ऋतु । मंगलवार आषाढ कृष्णपक्ष ।
तिथि प्रतिपदा, दिनरात, त्यसपछि प्रतिपदा । नक्षत्र पूर्वाषाढा, दिनरात, त्यसपछि पूर्वाषाढा । योग ब्रह्म, १६:०५ बजेपछि ऐन्द्र । करण कौलव, ०६:३७ बजेपछि वालव, १७:४४ बजेउप्रान्त कौलव । चन्द्रराशि धनु । योग (आनन्दादि) मित्र । दिनमान १३:४९ । सूर्योदय ०५:१३ । सूर्यास्त १९:०२ ।
राशिफल
मेष – Aries
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
मिहिनेतको परिणामले आत्मविश्वास बढाउनेछ। विशेष अवसरले प्रसन्नता दिलाउनेछ भने सहयोगीहरूको साथले काममा उत्साह जगाउनेछ। अरूको सहयोगमा जुट्नुपरे पनि आफैंलाई फाइदा हुनेछ। समाजमा तारिफयोग्य काम सम्पादन हुनेछ। परिश्रमले सजिलै लक्ष्यमा पुर्याउनेछ। छोटो समयमा फाइदा उठाउन सकिनेछ। सहयोगीहरूले काममा साथ दिनेछन्।
वृष – Taurus
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
शरीरमा कमजोरी तथा आलस्य अनुभूति हुनेछ। आर्थिक लाभ नहुने जिम्मेवारी वहन गर्नुपर्ला। सामूहिक काममा हात हाल्नुअघि विचार पुर्याउनुहोला। समस्या दर्साउँदा शुभचिन्तकहरूले साथ दिनेछन्। आस मारेको नतिजा अन्त्यमा सकारात्मक हुनेछ। तत्काल फाइदा नभए पनि उपलब्धिका स्रोत पहिचान गर्न सकिनेछ। अध्ययनमा भने समय दिन नसकिएला।
मिथुन – Gemini
का, कि, कु, घ, ङ, छ, के, को, हा
हाँसखेल र मनोरञ्जनको समय छ। प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। आफन्तकाे सत्कार पाइनेछ। आम्दानी बढाउने काम थालनी हुनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। व्यवसायको सन्दर्भमा यात्रा हुनेछ। साथीभाइको सहयोगले उत्साहित भइनेछ। दिगो काम थाल्ने समय छ। भौतिक सुविधाले खर्च निम्त्याउन सक्छ। आतिथ्य खर्चिलो बन्ने देखिन्छ।
कर्कट – Cancer
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
श्रम परे पनि रोकिएका काम बन्नाले उत्साह जाग्नेछ। आफ्नै प्रयासले अधिकार स्थापित गर्न सकिनेछ। व्यापारलगायत आर्थाेपार्जनका काममा समय बित्नेछ। प्रयत्न गर्दा सजिलै लक्ष्य प्राप्त हुनेछ। मिहिनेतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। भौतिक साधन जुट्नाले नयाँ काम सुरु हुनेछ। प्रतिस्पर्धीहरू किनारा लाग्नेछन् भने द्वन्द्व र मुद्दामा पनि विजयी भइनेछ।
सिंह – Leo
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
सहपाठीहरूसँग भेटघाट हुनेछ। अध्ययनले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। प्रतिभाकाे प्रशंसा हुनेछ। मिहिनेतले प्रतिष्ठित काम गर्ने मौका दिलाउनेछ। कृषि तथा पेसा–व्यवसायमा मनग्य फाइदा हुनेछ। सन्तान वा अनुयायीको साथले पनि काममा हाैसला बढ्नेछ। विगतका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। पहिलेका कमजोरीलाई सुधार्ने मौका पाइनेछ।
कन्या – Virgo
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
रोकिएका घरेलु कामकाज बिस्तारै बन्नेछन्। हतारको निर्णयले भने काम बिग्रन सक्छ। दिगो योजना गोप्य राखेर अघि बढ्नुहोला। काममा धेरै लाभ उठाउन नसकिए पनि केही समस्या सुल्झनेछन्। पहिलेका कमजोरी सुधार गर्ने अवसर प्राप्त हुनेछ। अन्योलमा मान्यजनको सुझाव शिरोधार्य गर्दा लाभ हुनेछ। बुद्धिको उपयोगले प्रतिष्ठा जोगाउन सफल भइनेछ।
तुला – Libra
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
विभिन्न उपहार प्राप्त हुने समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बन्ने र नयाँ काम प्रारम्भ गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। प्रतिद्वन्द्वीहरूलाई सजिलै हराउन सकिनेछ। गरिएका कर्मको उचित प्रतिफल पाइनेछ। पुरुषार्थी कामले समाजमा स्थापित बनाउनेछ। चुनौती पन्छाएर पनि नयाँ काममा जग बसाउने मौका छ।
बृश्चिक – Scorpio
तो, ना, नि, नु, ने, नो, या, यि, यु
आयस्राेत बढ्नुका साथै मान-सम्मान प्राप्त हुने समय छ। विद्यामा वृत्ति, सहुलियत वा विशेष अवसर प्राप्त हुने सम्भावना छ। बोलीको प्रभाव बढ्नेछ भने अभिव्यक्ति कलामा निखारता ल्याउन सकिनेछ। दिगाे काम थालनी गर्ने समय छ। चिताएको काम सजिलै सम्पादन हुनेछ। पहिलेका कमजोरीलाई सुधार्ने मौका छ। कामले सम्मानित स्थान दिलाउनेछ।
धनु – Sagittarius
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
सहयोगीहरू प्रशस्तै भेटिनेछन्। रचनात्मक कार्य प्रारम्भ गर्ने समय छ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला। विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ। नयाँ कामको प्रस्ताव आउनेछ। मनग्य धन आर्जन होला। विगतका कमीकमजोरीलाई पनि सुधार गर्ने अवसर प्राप्त हुनेछ। विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ।
मकर – Capricorn
भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि
पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ। खर्च लागे पनि रोकिएका काम बन्नेछन्। लामो यात्रा गर्ने अवसर जुट्नुका साथै वैदेशिक क्षेत्र लाभदायक रहनेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ। तत्काल फाइदा लिँदा भविष्यमा नोक्सान हुने देखिन्छ। चुनौतीका बाबजुद स्वाभिमान रक्षा गर्न सकिनेछ।
कुम्भ – Aquarius
गु, गे, गो, सा, सि, सु, से, सो, द
आम्दानीका विभिन्न स्रोत फेला पर्नेछन्। मिहिनेतको राम्रो परिणाम प्राप्त हुनेछ। आँटले काम सम्पादन हुनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। व्यापारतर्फ थप लगानी आवश्यक पर्न सक्छ। विभिन्न भौतिक साधन प्राप्त हुनेछन्। अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ। केही रकम खर्चिएर पनि लाभ हुने काम सम्पादन गरिनेछ।
मीन – Pisces
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
तारिफयोग्य काम गर्दै प्रतिष्ठा आर्जन गर्ने समय छ। समाजले पदीय जिम्मेवारी दिलाउनेछ। नसोचेको अवसर प्राप्त हुनाले मन प्रफुल्लित हुनेछ। समुदायको हितमा राम्रै काम गर्न सकिनेछ। टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ। भाग्यले विभिन्न अवसर थमाउनेछ। उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ। अरूको काममा जुट्नुपरे पनि फाइदै हुनेछ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४