Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रास्वपाकाे प्रथम महाधिवेशन अन्तर्गत आज ९९ केन्द्रीय सदस्यका लागि मतदान जारी


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, असार ११ २०८३
  • 741
    SHARES

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत चितवनमा विद्युतीय मतदान प्रक्रिया जारी रहेको छ। महाधिवेशन सुरु भएको पाँचौँ दिन बुधबार मध्यरातदेखि ९९ पदका लागि मतदान सुरु भएको हो।

रास्वपा निर्वाचन आयोगका अनुसार ९९ केन्द्रीय सदस्य पदका लागि बिहीबार बिहान १० बजेसम्म मतदान हुने तालिका रहेको छ। यसअघि केन्द्रीय सदस्यसहित विभिन्न पदमा गरी ३ सय ८४ जनाले उम्मेदवारी दर्ता गराएका थिए। तर उम्मेदवारविरुद्ध परेको दाबी–विरोध, छानबिन, उम्मेदवारी खारेजी तथा फिर्ता लिने प्रक्रियापछि अन्तिम सूचीमा २ सय ४ जनाको मात्रै उम्मेदवारी कायम गरिएको थियो।

रास्वपाको विधानअनुसार पहिलो चरणमा सभापति र ९९ जना केन्द्रीय सदस्य चयन गर्ने व्यवस्था गरिएको छ। सभापति पदमा रवि लामिछाने निर्विरोध निर्वाचित भइसकेका छन्। अब सबैको ध्यान ९९ जना केन्द्रीय सदस्यको निर्वाचन परिणामतर्फ केन्द्रित भएको छ।

महाधिवेशन प्रतिनिधिहरूले पार्टीको नयाँ नेतृत्व चयनसँगै आगामी राजनीतिक दिशा, संगठन विस्तार र कार्यनीतिका विषयमा समेत छलफल हुने अपेक्षा गरेका थिए। तर बन्दसत्र तथा निर्वाचन प्रक्रियामा पटक–पटक अवरोध आएपछि महाधिवेशन निर्धारित समयभन्दा लम्बिएको छ।

केही प्रतिनिधिहरूले व्यवस्थापन कमजोर भएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। बन्दसत्र सञ्चालन, समय व्यवस्थापन, निर्वाचन प्रक्रिया र आवश्यक सूचनाको प्रभावकारी प्रवाहमा समस्या देखिएको उनीहरूको भनाइ छ।

महाधिवेशन लम्बिँदा कतिपय प्रतिनिधिहरू आफ्नो काम तथा व्यक्तिगत कारण देखाउँदै घर फर्किएको बताइएको छ। प्रतिनिधिहरूले पार्टीको भावी मार्गचित्र तय गर्ने महत्वपूर्ण राजनीतिक दस्तावेजमाथि पर्याप्त छलफल हुन नसकेको गुनासो गरेका छन्।

रास्वपाले नयाँ वैकल्पिक राजनीतिक शक्तिको रूपमा आफूलाई स्थापित गर्ने दाबी गर्दै आएको छ। त्यसैले पहिलो महाधिवेशनबाट निर्वाचित हुने नेतृत्व र पारित हुने नीति दस्तावेजले पार्टीको आगामी यात्रा निर्धारण गर्ने अपेक्षा गरिएको छ।

अब मतदान सम्पन्न भएपछि मतगणना सुरु हुनेछ। निर्वाचन परिणामसँगै रास्वपाको नयाँ केन्द्रीय नेतृत्वको स्वरूप स्पष्ट हुने छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४