Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

२५ सय ५० जना सवारीचालक नियम उल्लंघन गरेकाे आराेपमा ट्राफिक प्रहरीकाे कारबाहीमा


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, असार १० २०८३
  • 513
    SHARES

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लंघन गर्ने २ हजार ५५० जना सवारीचालक कारबाहीमा परेका छन्।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार विभिन्न सवारी नियम उल्लंघन गरेको आरोपमा गरिएको कारबाहीबाट राज्यकोषमा १७ लाख २४ हजार ५०३ रुपैयाँ राजस्व दाखिला भएको छ।

ट्राफिक प्रहरीले मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने १०२ जना, नियमविपरीत ‘राइड सेयरिङ’ गर्ने १४२ जना, ट्राफिक संकेत बत्ती उल्लंघन गर्ने १४० जना र तीव्र गतिमा सवारी चलाउने २०७ जना चालकलाई कारबाही गरेको जनाएको छ।

यस्तै, लेन अनुशासन पालना नगर्ने ५६ जना, निषेधित क्षेत्रमा हर्न बजाउने १०८ जना, निर्धारित मापदण्डभन्दा बढी धुवाँ फाल्ने १४ वटा सवारीसाधन तथा सवारीको अवस्था जाँच नगरी सडकमा सञ्चालन गरिएका ३५ वटा सवारीसाधन कारबाहीमा परेका छन्।

त्यसैगरी अन्य विभिन्न सवारी नियम उल्लंघन गर्ने १ हजार ७४६ जना चालकलाई समेत ट्राफिक प्रहरीले कारबाही गरेको जनाएको छ।

ट्राफिक प्रहरीले सडक सुरक्षा कायम गर्न, दुर्घटना न्यूनीकरण गर्न र नियम पालना गराउन नियमित अनुगमन तथा कारबाही अभियान सञ्चालन गर्दै आएको छ। नियम उल्लंघन गर्ने सवारीचालकविरुद्ध आगामी दिनमा पनि कडाइका साथ कारबाही जारी रहने ट्राफिक प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४