Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

उपाध्यक्ष पौडेल पक्राउपछि एमालेले बाेलायाे संसदीय दल र सचिवालयको बैठक


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, असार ९ २०८३
  • 722
    SHARES

काठमाडाैं । नेकपा एमालेले संसदीय दल र सचिवालयको बैठक बोलाएको छ ।

साेमबार पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई सम्पत्ति शुद्धीकरणको मुद्दामा सुर्खेतबाट पक्राउ गरिएपछि त्यसबारे धारणा बनाउन छुट्टाछुट्टै बैठक बोलाइएको हो । संसदीय दलको बैठक पनि मंगलबार दिउँसो २ बजे च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने गरेर बाेलाइएकाे छ । साथै मंगलबार साँझ ६ बजे पार्टीको अध्यक्ष केपी ओली निवास गुण्डुमा सचिवालय बैठक पनि बोलाएको हो ।

बैठक उपाध्यक्ष पौडेल पक्राउ प्रकरणबारे केन्द्रित हुने एमालले जनाएकाे छ । त्यसबाहेक बैठकमा समसामयिक राजनीतिबारे पनि छलफल हुने भएकाे हाे। यसअघि एमालेले उपाध्यक्ष पौडेलको गिरफ्तारीविरुद्ध एमालेले राजनीतिक प्रतिवाद गर्ने निर्णय गरिसकेको छ । एमालेले पौडेल पक्राउलाई प्रतिशोधपूर्ण भन्दै सस्तो लोकप्रियताका लागि सरकारको निर्देशनमा यो कार्यको कानुनी र राजनीतिक रूपमा दृढतापूर्वक प्रतिवाद गरिने जनाएको हो ।

उपाध्यक्ष पौडेललाई सुर्खेतबाट गिरफ्तार गरिएको घटनालाई सरकारको ‘अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा’ भन्दै एमालेले कडा विरोध गरेकाे हाे । पार्टी अध्यक्ष केपी शर्मा ओलीद्वारा साेमबार राति जारी प्रेस विज्ञप्तिमा पौडेलको गिरफ्तारीलाई गैरकानूनी, बदनियतपूर्ण र राजनीतिक प्रतिशोधबाट प्रेरित कदमका रूपमा चित्रित गरिएको छ ।

साङ्गठनिक कार्यक्रमका शिलशिलामा सुर्खेतमा रहेका उपाध्यक्ष पौडेललाई सरकारले ‘अपहरणको शैलीमा’ गिरफ्तार गरेको एमालेको ठहर छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४