Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रधानमन्त्री शाहले दिएकाे सीमा सम्बन्धी विवादित अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन अध्यक्ष राईकाे माग


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, असार २ २०८३
  • 988
    SHARES

काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले प्रधानमन्त्री बालेनद्र शाहको नेपालले पनि भारतको सीमा मिचेको छ भन्ने अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन माग गर्नुभएको छ ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै अध्यक्ष राईले राष्ट्रिय अखण्डताको रक्षाका लागि प्रधानमन्त्रीले आफ्नो भनाइ सच्याउनुपर्नेमा जोड दिनुभएकाे हाे । सीमा क्षेत्रमा हुने डुबान, भूमिहीनका समस्या र माईतीघरमा जारी आन्दोलनका विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभयो । रौतहटको गौर नजिकै भारतले लाल बकैया र बागमती नदीमा उच्च बाँध निर्माण गरेका कारण नेपाली भू-भाग डुबानमा पर्ने गरेको रिपोर्टिङ आएको समेत बताउनुभएकाे छ।.

अध्यक्ष राईले माइतीघर मण्डलामा विभिन्न माग राखेर लामो समयदेखि धर्नामा बसेका नागरिकहरूको मुद्दा सम्बोधन गर्न गृहमन्त्रीसँग आग्रह गर्नुभयो । उहाँले सरकारले आन्दोलनकारीका मागप्रति चासो देखाई तत्काल न्याय दिनुपर्ने माग गर्नुभयो । सम्बोधनको अन्त्यमा सांसद राईले प्रधानमन्त्री शाहले संसद्मा उपस्थित भई आफ्नो अभिव्यक्ति सच्याउने र जनसरोकारका यी मुद्दाहरूमा सरकारले ठोस कदम चाल्ने विश्वास व्यक्त गर्नुभएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४