Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

असार २ गते मंगलबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, असार २ २०८३
  • 1K
    SHARES

आजको पञ्चाङ्ग

वि.सं. असार ०२, २०८३ । इ.सन् 16 Jun, 2026 । शक संवत् १९४८ । नेपाल संवत् ११४६ (तछलाथ्व) रौद्र संवत्सर उत्तरायण
ग्रीष्म ऋतु । मंगलवार ज्येष्ठ शुक्लपक्ष । तिथि प्रतिपदा, ०६:४३ बजेपछि द्वितिय, २८:२० बजेउप्रान्त तृतीया । नक्षत्र आर्द्रा, १९:२९ बजेपछि पुनर्वशु । योग गण्ड, ०७:३३ बजेपछि वृद्धि, २८:३५ बजेउप्रान्त ध्रुव । करण वव, ०६:४३ बजेपछि वालव, १७:३१ देखि कौलव, २८:२० बजेउप्रान्त गर । चन्द्रराशि मिथुन । योग (आनन्दादि) चर । दिनमान १३:५० । सूर्योदय ०५:१० । सूर्यास्त १९:०० । दिन विशेष : त्रिपुष्कर १९:२९उ, चन्द्रोदय ।
राशिफल
मेष – Aries
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
प्रयत्न गर्दा राम्रै अवसर जुट्नेछ। रोकिएका काम पुनः सुरु हुन सक्छन्। भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ होला। काममा मिहिनेतको फल प्राप्त हुनेछ। साथीभाइले राम्रै सहयोग जुटाउनेछन्। रचनात्मक काममा जुट्ने समय छ। पछिसम्म लाभ हुने काम प्रारम्भ गर्ने समय छ। व्यापारमा पनि मनग्य धनलाभ हुनेछ। सेवामूलक कामबाट प्रतिष्ठा पाइनेछ।
वृष – Taurus
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
अवसर प्राप्त भए पनि समयको महत्त्व नबुझ्नाले पछि परिनेछ। अरूको मुख ताक्ने बानीले काम अधुरो रहनेछ। आफ्ना कमजोरीमाथि टिप्पणी हुने समय भएकाले बोली-व्यवहारमा सजग रहनुपर्ला। अध्ययनमा धेरै समय दिन नसकिएला। व्यवहारमा शुभचिन्तकहरूको भावना बुझ्ने चेष्टा गर्नुहोला। सोखले खर्च बढाउने हुँदा अर्थ अभाव समेत देखापर्न सक्छ।
मिथुन – Gemini
का, कि, कु, घ, ङ, छ, के, को, हा
नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन्। सुन्दर पहिरनका साथ व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। काममा सफलता प्राप्त हुनाले थप हौसला जाग्नेछ। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ।
कर्कट – Cancer
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
समयमा होसियार बन्न नसक्दा खर्च बढ्नेछ। आकस्मिक समस्याले अर्थ अभाव देखापर्न सक्छ। बेलैमा होस नपुर्याउँदा केही चुनौती झेल्नुपर्ला। समयको प्रतिकूलताले काम बिग्रन सक्छ। लगानी बढाउनुपर्ने बाध्यात्मक परिस्थिति आउला। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन्। आवश्यक पर्दा शुभचिन्तकहरू समेत टाढा हुनेछन्।
सिंह – Leo
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
पहिले गरेका कामबाट राम्रै लाभ हुनेछ। मिहिनेत गर्दा दिगो काममा जग बसाउने मौका छ। तर नयाँ आयस्रोत फेला पर्नासाथ नयाँ याेजना बन्न सक्छन्। उठ्नुपर्ने रकम हातलागी भए पनि अनावश्यक किनमेलमा रकम खर्च हुनेछ। परिस्थिति सोचेजस्तो अनुकूल नहुन सक्छ। सानो भूल गर्दा मिहिनेतको फल अरूलाई सुम्पनुपर्ने अवस्थासमेत आउन सक्छ।
कन्या – Virgo
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
प्रतिष्ठित काम गर्ने अवसर मिल्नेछ। राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुने सम्भावना छ। व्यापारमा पनि राम्रै फाइदा हुनेछ। विशिष्ट व्यक्तिको सहयोग जुट्नेछ। अरूलाई प्रभावित पारेर दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। मिहिनेतले जीवनशैलीमा परिवर्तन आउनेछ। लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ।
तुला – Libra
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
थालेको काम परिस्थितिवश पूरा नहुन सक्छ। सहयोगको नाममा आफ्ना कमजोरीको फाइदा उठाउनेहरू मात्र फेला पर्नेछन्। नयाँ काम प्रारम्भ गर्न समय प्रतीक्षा गर्नुहोला। अस्वस्थताका बाबजुद कामको जिम्मेवारी बढ्नेछ। तापनि प्रयत्न गर्दा फाइदाका स्रोत पहिचान गर्न सकिनेछ। अध्यात्मभाव जागृत हुनुका साथै धर्मकर्म र परोपकारी काममा प्रवृत्त भइनेछ।
बृश्चिक – Scorpio
तो, ना, नि, नु, ने, नो, या, यि, यु
स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनुहोला। समस्याप्रति गम्भीर नहुँदा दु:ख पाइनेछ। कामको चाप बढ्नेछ भने शरीरमा कमजोरी तथा आलस्य अनुभूति हुनेछ। सामान्य काममा धेरै धन र परिश्रम खर्चनुपर्ला। गोपनीयता बाहिरिनाले समस्या पर्न सक्छ। आफ्नो वस्तुमा अरूले दाबी गर्लान्। बनिसकेको काम दोहोर्याउनुपर्ने हुन सक्छ।
धनु – Sagittarius
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
अतिथिको रूपमा सत्कार पाइएला। प्रेम र मित्रताको बन्धन कसिने सम्भावना छ। सोखले मालमत्ता जुटाउन प्रेरित गर्नेछ। काममा साथीभाइको सहयोग जुट्नेछ। धन तथा ज्ञानको भण्डार बढ्नेछ भने जीवनशैली आनन्दमय रहनेछ। आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। व्यवसायले रमाइलो यात्रा गराउन सक्छ। प्रियभेट हुनुका साथै विशेष उपहार प्राप्त होला।
मकर – Capricorn
भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि
शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा विजयी भइनेछ। पहिले ईर्ष्या गर्नेहरूले नै सहयोग गर्न थाल्नेछन्। रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ। मिहिनेतले राम्रै प्रतिफल दिलाउनेछ। प्रयत्न गर्दा दिगो फाइदा हुने काम हातलागी हुनेछ। चुनौती चिर्दै काम बनाउन सकिनेछ। व्यापारलगायत आर्थिक लाभ हुने काममा विशेष फाइदा हुने समय छ।
कुम्भ – Aquarius
गु, गे, गो, सा, सि, सु, से, सो, द
हल्लाको पछि लाग्दा दु:ख पाइनेछ। नयाँ काम थाल्न केही समय प्रतीक्षा गर्नुहोला। अस्वस्थताले कमजोरीको अनुभूति हुनेछ। नयाँ काम प्रारम्भ गर्न केही समय प्रतीक्षा गर्नुहोला। अध्ययनमा समय दिन नसकिएला। परिस्थितिवश आँटेको काममा बाधा हुन सक्छ। प्रतीक्षित नतिजा उत्साहप्रद नहुन सक्छ। परिस्थितिअनुसार चल्न नसक्ता अलि दुःख पाइनेछ।
मीन – Pisces
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
नजिका साथीभाइसँग असमझदारी बढ्नेछ भने काम बिग्रने डरले सताउन सक्छ। समयमा सजग नबन्दा शुभचिन्तकहरू समेत टाढिन सक्छन्। परिस्थिति सोचेजस्तो अनुकूल नहुन सक्छ। बेसुरमा वचन दिने बानीले समस्या निम्त्याउनेछ। अप्ठ्यारो पर्दा साथ दिनेहरू कमै भेटिनेछन्। सानो भूल गर्दा मिहिनेतको फल अरूलाई सुम्पनुपर्ने अवस्था आउन सक्छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४