Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

यी हुन् मन्त्रीपरिषद् बैठकका निर्णय


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, जेष्ठ १९ २०८३
  • 703
    SHARES

काठमाडौं । सरकारले भूमि समस्या समाधान आयोगको अध्यक्षमा बलभद्र बास्तोलालाई नियुक्त गरेको छ ।

मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले बास्तोलालाई आयोगको अध्यक्षमा नियुक्त गरिएको जानकारी दिएका हुन् ।

उनका अनुसार आयोगको सदस्यमा अमिरप्रसाद न्यौपाने, पद्मनीति सोतुङ र डा. रोना श्रेष्ठलाई नियुक्त गरिएको छ ।

त्यसैगरी, बैठकले सशस्त्र प्रहरी बलका प्रहरी नायव महानिरीक्षक (डीआईजी) अञ्जनीकुमार पोखरेललाई अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा गर्ने निर्णय पनि गरेको छ ।

सरकारले संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रम (यूएनईपी) अन्तर्गत ओजन तहलाई हानि पुर्‍याउने पदार्थको व्यवस्थापन तथा न्यूनीकरणसम्बन्धी मोन्ट्रियल प्रोटोकल कार्यान्वयनसम्बन्धी सम्झौता स्वीकृत गर्ने निर्णय समेत गरेको छ ।

प्रवक्ता पोखरेलका अनुसार २०८२ साल भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा भएको घटनाबारे छानबिन गर्न गठित आयोगको प्रतिवेदनमा उल्लेखित सुरक्षा संयन्त्रसम्बन्धी विषय अध्ययन गरी सिफारिस गर्न बनाइएको समितिको कार्यअवधि ४५ दिन थप गरिएको छ ।

मन्त्रिपरिषद् बैठकले विभिन्न नीतिगत तथा प्रशासनिक निर्णयहरू गर्दै कार्यान्वयन प्रक्रियालाई अघि बढाउने निर्णय गरेको उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४