Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

टिपरकाे ठक्करबाट मोटरसाइकलमा सवार बाबु-छोराकाे ज्यान गयाे, आमा घाइते


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, जेष्ठ १८ २०८३
  • 836
    SHARES

काठमाडौँ । दाङको तुलसीपुर उपमहानगरपालिकास्थित गुल्म चोकमा सोमबार बिहान भएको सवारी दुर्घटनामा बाबु–छोराको मृत्यु भएको छ भने एक महिला घाइते भएकी छन्।

प्रहरीका अनुसार बिहान करिब साढे ५ बजे रा १ ख २१९२ नम्बरको टिपरले रा ४ प ३३९० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। दुर्घटनामा एउटै परिवारका तीन जना सवार मोटरसाइकल गम्भीर रूपमा क्षतिग्रस्त भएको थियो।

दुर्घटनामा मोटरसाइकल चालक लमही नगरपालिका–५ निवासी ३५ वर्षीय मनोज नेपाली र उनका ५ वर्षीय छोरा मिनराज नेपाली गम्भीर घाइते भएका थिए। दुवैलाई उपचारका लागि नेपालगञ्जस्थित अस्पताल लगिएको भए पनि उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार मिनराज नेपालीलाई बिहान ९ः४० बजे र मनोज नेपालीलाई १०ः०२ बजे चिकित्सकले मृत घोषणा गरेका थिए।

दुर्घटनामा घाइते भएकी मनोजकी श्रीमती ३४ वर्षीया अनुसा नेपालीको उपचार भइरहेको छ। उनको स्वास्थ्य अवस्थाबारे थप विवरण सार्वजनिक गरिएको छैन।

घटनापछि टिपर चालकलाई इलाका प्रहरी कार्यालय तुलसीपुरले नियन्त्रणमा लिएको छ। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यस दुर्घटनाले एकै परिवारमा ठूलो शोक निम्त्याएको छ। स्थानीयवासीले सडक सुरक्षामा थप ध्यान दिन र तीव्र गतिका सवारी साधनमाथि प्रभावकारी निगरानी गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४