Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

राष्ट्रिय स्वतन्त्र पार्टी जिरी नगर कमिटीको प्रथम नगर अधिवेशन सम्पन्न सचिवमा अम्बिर कार्की सर्वसम्मत निर्वाचित


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, जेष्ठ १४ २०८३
  • 3.3K
    SHARES

दोलखा । राष्ट्रिय स्वतन्त्र पार्टी जिरी नगर कमिटीको प्रथम नगर अधिवेशनबाट अम्बिर कार्की सचिव पदमा सर्वसम्मत रूपमा निर्वाचित भएका छन्। अधिवेशनबाट नयाँ नगर कार्यसमिति चयन भएसँगै नव निर्वाचित सचिव कार्कीले सम्पूर्ण घन्टीप्रेमी, शुभेच्छुक, शुभचिन्तक तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा साथ, सहयोग, विश्वास र प्रेरणा प्रदान गर्ने सबैप्रति हार्दिक धन्यवाद व्यक्त गरेका छन्।

उनले यो जिम्मेवारी केवल पद नभई जिरी नगरको समृद्धि, सुशासन, पारदर्शिता तथा जनताको अपेक्षाप्रतिको विश्वासको प्रतीक भएको उल्लेख गर्दै इमानदारी, सक्रियता र जिम्मेवारीका साथ पार्टी तथा जनताको हितमा निरन्तर काम गर्ने प्रतिबद्धता जनाएका छन्। साथै नव निर्वाचित सभापति लगायत सम्पूर्ण पदाधिकारीलाई सफल कार्यकालको शुभकामना समेत व्यक्त गरेका छन्।

नव निर्वाचित कार्यसमिति

१. सभापति – खेटराज घिमिरे
२. उपसभापति – गेली शेर्पा
३. सचिव – अम्बिर कार्की
४. सहसचिव – हिक्मत खड्का
५. कोषाध्यक्ष – नानी माया जिरेल
६. सदस्य – विष्णु कुमार खत्री
७. सदस्य – किशोर भुजेल
८. सदस्य – चिरञ्जीवी लुइटेल
९. सदस्य – सीताराम खत्री
१०. महिला सदस्य – करिना सुनुवार
११. महिला सदस्य – ईश्वरी जिरेल
१२. महिला सदस्य – सुस्मिता नेपाली
१३. महिला सदस्य – कल्पना जिरेल
१४. सदस्य – गोपाल जिरेल
१५. सदस्य – मिङमा दोर्जी शेर्पा

नव निर्वाचित टोलीले जिरी नगरमा संगठन सुदृढीकरण, सुशासन र जनमुखी राजनीतिक अभियानलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४