Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मुस्लिम धर्मावलम्बीले आज बकर इद पर्व विविध कार्यक्रम गरी मनाउँदै


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, जेष्ठ १४ २०८३
  • 760
    SHARES

काठमाडौँ । मुस्लिम धर्मावलम्बीहरूको दोस्रो महान् पर्व बकर इद अर्थात् इदुल जोहा बिहीबार देशभर श्रद्धा, उल्लास र धार्मिक आस्थाका साथ मनाइँदैछ । पर्वको अवसरमा देशका विभिन्न मस्जिद तथा इदगाहहरूमा बिहानैदेखि नमाज पढ्ने श्रद्धालुको ठूलो भीड लागेको छ ।

इस्लाम धर्मावलम्बीहरूले रमजान पर्व अर्थात् इदुल फित्र सम्पन्न भएको ७० औँ दिनपछि मनाइने यो पर्वलाई त्याग, बलिदान र समर्पणको प्रतीकका रूपमा लिने गरेका छन् । धार्मिक परम्पराअनुसार मुस्लिम समुदायका मानिसहरू बिहानै स्नान गरी नजिकैका मस्जिद तथा इदगाहमा पुगेर सामूहिक नमाज अदा गरेका छन् ।

नमाजपछि एकआपसमा शुभकामना आदानप्रदान गर्दै परिवार, आफन्त र छिमेकीबीच खुसी साटासाट गर्ने परम्परा रहेको छ । बकर इदको अवसरमा मुस्लिम समुदायले विशेष परिकार तयार पार्ने, आफन्तकहाँ भेटघाट गर्ने तथा दान–दक्षिणा दिने चलन पनि रहेको छ ।

राजधानी काठमाडौँको दरबारमार्गस्थित नेपाली जामे मस्जिद, काश्मिरी मस्जिद लगायत देशभरका मस्जिदहरूमा बिहानैदेखि श्रद्धालुको उपस्थिति बाक्लो देखिएको थियो । सुरक्षा व्यवस्थासमेत कडा पारिएको छ भने स्थानीय प्रशासनले पर्वलाई शान्तिपूर्ण रूपमा सम्पन्न गराउन आवश्यक समन्वय गरेको जनाएको छ ।

धार्मिक विश्वासअनुसार आजभन्दा करिब १४३९ वर्षअघि अल्लाहको आदेशमा हजरत इब्राहिमले आफ्ना छोरा इस्माएल अलेह सलामलाई बलिदान दिन तयार भएको घटनाको सम्झनामा यो पर्व मनाउन थालिएको हो । अन्तिम समयमा अल्लाहले इस्माएलको सट्टा अर्को जीव बलिदानका लागि पठाएको विश्वास गरिन्छ । यही घटनालाई त्याग र आस्थाको सर्वोच्च उदाहरणका रूपमा इस्लाम धर्ममा व्याख्या गरिन्छ ।

बकर इदको अवसरमा मुस्लिम समुदायले धार्मिक विधिअनुसार पशु कुर्बानी दिने परम्परा पनि निर्वाह गर्ने गर्दछन् । कुर्बानी गरिएको मासुको एक भाग गरिब तथा विपन्न समुदायलाई वितरण गर्ने धार्मिक मान्यता रहेको छ ।

यस वर्ष बकर इदको अवसरमा सरकारले बिहीबार सार्वजनिक बिदा दिएको छ । शुक्रबार पर्ने गणतन्त्र दिवस तथा त्यसपछि शनिबार र आइतबारको नियमित बिदासँग जोडिँदा लगातार चार दिन सार्वजनिक बिदा परेको छ ।

लगातारको बिदाका कारण विभिन्न सहरमा आन्तरिक यात्रुको चाप बढेको छ भने बजार तथा यातायात क्षेत्रमा पनि चहलपहल बढेको देखिएको छ । धार्मिक सहिष्णुता र सामाजिक सद्भावको सन्देश दिने बकर इद पर्वले नेपाली समाजमा आपसी एकता र भाइचाराको भावना अझ मजबुत बनाउने विश्वास गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४