Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बाग्लुङको भुजीखोलामा मध्यरातमा बाढीः १५ जना सम्पर्कबिहीन, ३० घर बगायो


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, भाद्र १८ २०७७
  • 3.7K
    SHARES

बाग्लुङको भुजीखोलामा मध्यरातमा बाढीः १५ जना सम्पर्कबिहीन, ३० घर बगायो

जन न्युज नेपाल खवर 

बाग्लुङ । निरन्तर वर्षाको कारण बाग्लुङको ढोरपाटन नगरपालिका वडा नम्बर ९ मा आएको बाढीका कारण १५ जना सम्पर्कविहीन भएका छन् । ३० घर पूर्ण रुपमा क्षतिग्रस्त भएका छन् ।

स्थानीय जीवन पुनले दिएको जनाकारी अनुसार राति करिब १२ बजे भूजीखोलामा आएको बाढीले ३० घरसहित दुईवटा विद्युत गृह, एक वटा झोलुङले पुल, दुई वटा विद्यालय बगाएको छ ।

ढोरपाटन नगरपालिका वडा नम्बर ९ लाँकुरिबोट तीन जना, दुनेपँधेरा तीन जना, घट्टबोट सात जना र सुब्राङमा दुई जना सम्पर्कबिहीन भएको घर्ती मगरको भनाई छ ।

उहाँका अनुसार हालसम्म ढोरपाटन नगरपालका ९ को लाँकुरीबोट १५ घर, दुनेपँधेरामा ५ घर, घट्टबोटमा ८ घर र सुप्राङ २ घर बगाएको छ भने सरस्वती आधारभूूत विद्यालय र जनचेतना प्राथमिक विद्यालय समेत बाढीले बगाएको छ ।

‘रातिमा घटना भएको हुँदा पूर्ण रुपमा विवरण उतार्न सकेका छैनौँ, कहाँ कति क्षति भयो,’ घर्ती मगरले भन्नुभयो ‘यो बाहेक थप विवरण हामीले उतार्ने प्रयासमा छौँ, सम्पर्क हुन सकेको छैन ।’

प्रमुख जिल्ला अधिकारी न्यौपानेले घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको जानकारी दिनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४