Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रधानमन्त्री संविधानभन्दा माथि होइनन्, संसद्मा आएर जवाफ दिनुपर्छ : नेकपा


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, जेष्ठ १२ २०८३
  • 532
    SHARES

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले प्रधानमन्त्री बालेन्द्र शाहलाई संविधानभन्दा माथि नठान्न आग्रह गर्दै संसद्प्रति उत्तरदायी बन्नुपर्ने बताएको छ ।

प्रतिनिधिसभाको विशेष समयमा बोल्दै नेकपाका प्रमुख सचेतक युवराज दुलालले प्रधानमन्त्री संसद्बाट जन्मिएको पद भएकाले सदनमा उपस्थित भएर जवाफ दिनुपर्ने धारणा राखे ।

उनले प्रधानमन्त्री शाहलाई छुट दिनुपर्ने भए त्यसबारे सत्तारुढ रास्वपाले संसद्मा स्पष्ट धारणा राख्नुपर्ने बताए । “एक मिनेट भए पनि प्रधानमन्त्री रोष्ट्रममा आएर उभिनुपर्छ,” दुलालले भने ।

दुलालले प्रधानमन्त्री केवल सत्तापक्षको नभई विपक्षीको समेत प्रधानमन्त्री भएकाले संविधान र प्रतिनिधिसभा नियमावलीअनुसार सदनलाई सम्मान गर्नुपर्ने उल्लेख गरे ।

उनले बहुमतको आडमा विपक्षीको विरोधबीच विधेयक पारित गर्ने प्रवृत्तिको आलोचना गर्दै संसद्मा बहस र छलफललाई बेवास्ता गर्न नहुने बताए । “यदि बहुमतकै आधारमा सबै निर्णय गर्ने हो भने संसद्को प्रक्रिया किन आवश्यक भयो ?” उनले प्रश्न गरे ।

दुलालले प्रतिनिधिसभा नियमावलीको व्यवस्था अनुसार प्रधानमन्त्रीले प्रश्नोत्तरका लागि सदनमा उपस्थित हुनुपर्ने भए पनि सरकारले त्यसलाई बेवास्ता गरेको आरोप लगाए ।

उनले संसद्मा विपक्षीको आवाजलाई पनि समान महत्व दिनुपर्ने उल्लेख गर्दै प्रतिपक्षले आधा नेपाली जनताको प्रतिनिधित्व गर्ने भएकाले त्यसको सम्मान गर्नुपर्ने बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४