Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

आईपीएल क्रिकेटकाे पहिलो क्वालिफायरमा आज रोयल बैंगलाेर र गुजरात टाइटन्सबीच प्रतिस्पर्धा हुँदै


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, जेष्ठ १२ २०८३
  • 589
    SHARES

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मंगलबार पहिलो क्वालिफायरको खेल हुँदैछ ।

प्रतियोगिताको पहिलो क्वालिफायरमा मंगलबार रोयल च्यालेन्जर्स बैंगलाेर (आरसीबी) र गुजरात टाइटन्सबीच प्रतिस्पर्धा हुन लागेको हो । पहिलो क्वालिफायरको विजेता सिधै फाइनलमा पुग्ने भएकाे छ। पहिलो क्वालिफायरको खेल भारतकाे धर्मशाला मैदानमा मंगलबार राति पाैने ८ बजेदेखि शुरु हुने भएकाे छ। दुवै टाेली फाइनलमा पुग्ने लक्ष्यका साथ मैदानमा उत्रिने भएका हुन् ।

आरसीबी समूह चरणका १४ खेलमध्ये ९ जित निकाल्दै १८ अंकका साथ शीर्ष स्थानमा कायम रहँदै पहिलो क्वालिफायरमा पुगेको हो । समान खेलमा समान अंक जोडेको गुजरात रनरेटका आधारमा दोस्रो स्थानमा समेटिँदै पहिलो क्वालिफायरमा भिड्न लागेको हो ।

आईपीएल अन्तर्गत बुधबार हुने इलिमिनेटर खेलमा राजस्थान रोयल्स र सनराइजर्स हैदरावाद आमनेसामने हुने भएका छन् । इलिमिनेटरको विजेताले फाइनल प्रवेशका लागि पहिलो क्वालिफायरमा पराजित हुने टोलीसँग दोस्रो क्वालिफायर खेल्ने मौका पाउने भएकाे हाे ।

इलिमिनेटरमा पराजित टिम भने प्रतियोगिताबाट बाहिरिने छ । आईपीएल क्रिकेटको फाइनल भिडन्त भने यहि जेठ १७ गते आइतबार हुने भएकाे हाे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४