Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

आईपीएल क्रिकेटमा पञ्जाब किङ्सकाे लखनउ जायन्ट्समाथि शानदार जित


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, जेष्ठ १० २०८३
  • 437
    SHARES

काठमाडाैं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पञ्जाब किङ्सले लखनउ सुपर जायन्ट्सलाई पराजित गरेकाे छ ।

भारतकाे लखनउमा शनिबार राति भएको खेलमा पञ्जाबले लखनउलाई ७ विकेटले पराजित गरेको हो । टस हारेर पहिला ब्याटिङ गरेको लखनउले ६ विकेट गुमाएर १ सय ९६ रन बनाएको थियो । लखनउका लागि जोस इङ्लिस ले ४४ बलमा ७२ रन बनाए पनि जितका लागि पर्याप्त भएन ।

१ सय ९७ रनको लक्ष्य पञ्जाबले १८ ओभरमा ३ विकेट गुमाएर पूरा गर्‍यो । पञ्जाबको जीतमा कप्तान श्रेयस अय्यरले ५१ बलमा अविजित सय रन बनाएका थिए । अङ्क तालिकामा पञ्जाब १४ खेलमा १५ अङ्कका साथ चौथो स्थानमा छ भने लखनउ समान खेलमा ८ अङ्कका साथ तालिकाको पुछारमा रहेकाे हाे।

साथै आईपीएल क्रिकेटमा आइतबार २ वटा खेल हुने भएका छन् । पहिलो चरणकाे खेल मुम्बई इन्डियन्स र राजस्थान रोयल्सबीच मुम्बईमा आइतबार अपराह्रन पौने ४ बजेदेखि हुने भएकाे हाे ।

त्यस्तै, दाेस्राे चरणकाे खेलमा आइतबार राति पौने ८ बजेदेखि कोलकाता नाइट राइडर्स र दिल्ली क्यापिटल्सबीच इडेन गार्डेन्समा हुने भएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४