Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

लुम्बिनीका मुख्यमन्त्री आचार्य र बेलायती मन्त्री मल्होत्राबीच शिष्टाचार भेटवार्ता


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, जेष्ठ ९ २०८३
  • 437
    SHARES

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य र बेलायत सरकारकी इन्डो–प्यासिफिक मामिला मन्त्री सीमा मल्होत्राबीच शनिबार रुपन्देहीमा शिष्टाचार भेटवार्ता भएको छ ।

भेटवार्ताका क्रममा नेपाल र संयुक्त अधिराज्यबीच रहँदै आएको ऐतिहासिक तथा मैत्रीपूर्ण सम्बन्ध, विकास साझेदारी तथा लुम्बिनी प्रदेशको विकासका प्राथमिकताबारे छलफल भएको थियो ।

मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेश सरकार दिगो, समावेशी तथा रोजगारीमुखी आर्थिक वृद्धिमा केन्द्रित रहेको बताउनुभयो । उहाँले उत्पादनमुखी लगानी प्रवद्र्धन, कृषि आधुनिकीकरण, पर्यटन विकास, औद्योगिक विस्तार, पूर्वाधार निर्माण तथा डिजिटल नवप्रवर्तनमार्फत प्रदेशको अर्थतन्त्र रूपान्तरण गर्ने लक्ष्य रहेको उल्लेख गर्नुभयो ।

उहाँले बुद्धको जन्मस्थल लुम्बिनीले विश्वलाई शान्ति, सहिष्णुता र करुणाको सन्देश प्रवाह गरिरहेको उल्लेख गर्दै दिगो विकास, लगानी प्रवद्र्धन, पर्यटन विकास तथा मानव पूँजी विकासमा संयुक्त अधिराज्यसँग थप सहकार्य विस्तार हुने विश्वास व्यक्त गर्नुभयो ।

भेटमा संयुक्त अधिराज्यको सहयोग विशेषगरी मानव पूँजी विकास, सीप अभिवृद्धि, स्वास्थ्य प्रणाली सुदृढीकरण, जलवायु परिवर्तन अनुकूलन, कृषि रूपान्तरण, दिगो पूर्वाधार विकास, सुशासन तथा डिजिटल रूपान्तरणका क्षेत्रमा प्रभावकारी हुने विषयमा समेत छलफल भएको थियो ।
मुख्यमन्त्री आचार्यले नेपालको सामाजिक–आर्थिक रूपान्तरण, शिक्षा, स्वास्थ्य, पूर्वाधार, विपद् व्यवस्थापन तथा सुशासन सुधारमा संयुक्त अधिराज्यले निरन्तर गर्दै आएको सहयोगप्रति आभार व्यक्त गर्नुभयो ।

भेटवार्तामा लुम्बिनी प्रदेशका प्रमुख सचिव कृष्णप्रसाद काप्री, प्रदेश योजना आयोगका उपाध्यक्ष डाक्टर डिल्लीराज अर्याल लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४