Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

देशका-६ प्रदेशका अधिकांश भू-भागमा मेघगर्जन-चट्यांगसहितकाे मध्यम वर्षा र हिमपात हुँदै


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, जेष्ठ ७ २०८३
  • 950
    SHARES

काठमाडौं । माैसम पूर्वानुमान महाहाखाले हाल नेपालमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको जनाएकाे छ ।

जसको प्रभाव रहँदा बिहीबार बिहान देशको पहाडी र हिमाली भू-भागमा साधारणतया बादल लागेको हाे । साथै बाँकी तराई भू-भागमा मौसम मुख्यतया सफा रहेको महाशाखाले जनाएको छ ।

त्यस्तै, बिहीबार दिउँसो भने कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली तथा पहाडी भू-भागमा साधारणतया बादल लाग्ने भएकाे हाे । मधेश, बागमती, गण्डकी प्रदेशको तराई भू–भाग र बाँकी प्रदेशका हिमाली तथा पहाडी भू-भागमा आंशिक बादल लाग्ने भएकाे छ। साथै बाँकी तराई भू–भागमा भने मुख्यतया सफा रहने भएकाे हाे ।

कोशी, बागमती, गण्डकी, मधेश लुम्बिनी, कर्णाली, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली-तराई भू-भागका केही स्थानहरूमा मध्यमसम्मकाे वर्षा-हिमपातको सम्भावना रहेको छ । साथै सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भू–भागमा तातो दिन हुने सम्भावना रहेको महाशाखाले जनाएको हाे।

त्यसैगरी, बिहीबार राति भने कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली तथा पहाडी भू–भागमा साधारणतया बादल लाग्ने भएकाे छ। मधेश, बागमती, गण्डकीको तराई र बाँकी प्रदेशकाे पहाडी तथा हिमाली भू–भागमा आंशिक बादल लाग्ने भएकाे हाे । साथै बाँकी तराई भू–भागमा भने मुख्यतया सफा रहने भएकाे छ ।

साथै कोशी, बागमती, गण्डकी र मधेश प्रदेशको केही स्थानमा मेघगर्जन-चट्याङसहित मध्यमसम्मको वर्षा-हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको हाे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४