काठमाडौं । वैशाख महिनामा ७४ हजार ४ सय २९ नेपाली वैदेशिक रोजगारीमा गएका छन् । वैदेशिक रोजगार विभागका अनुसार उनीहरूले पुनः श्रम स्वीकृतिसहित श्रम स्वीकृति लिएका हुन् ।
वैशाखमा वैदेशिक रोजगारीमा जानेमध्ये ६५ हजार १० पुरुष र ९ हजार ४ सय १९ महिला रहेका छन् । यस अवधिमा ४१ हजार ३ सय २४ जनाले नयाँ श्रम स्वीकृति लिएका भने ३३ हजार १ सय ५ जनाले पुनः श्रम स्वीकृति लिएका छन् ।
यसअघि चैत महिनामा ६१ हजार ८ सय १९ जना वैदेशिक रोजगारीमा गएका थिए । चैतको तुलनामा वैशाखमा १२ हजार ६ सय १० जना बढी विदेशिएका हुन् ।
यस्तै चालु आर्थिक वर्षको साउनदेखि वैशाख मसान्तसम्म ६ लाख ६१ हजार ७ सय ६१ नेपाली वैदेशिक रोजगारीमा गइसकेका छन् । तीमध्ये ५ लाख ८२ हजार ९ सय ३९ पुरुष र ७८ हजार ८ सय २२ महिला रहेका छन् ।
