Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

युद्ध अन्त्यको सहमतिका लागि इरानलाई अमेरिकी राष्ट्रपति ट्रम्पको कडा चेतावनी


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, जेष्ठ ४ २०८३
  • 665
    SHARES

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको शान्ति वार्ता अवरुद्ध भएपछि कडा चेतावनी दिँदै समय घर्किँदै गएको बताउनुभएको छ ।

राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल प्लेटफर्म ‘ट्रुथ सोसल’मार्फत इरानले तत्काल उचित कदम नचालेमा उसको अस्तित्व नै खतरामा पर्ने चेतावनी दिनुभएको हो । यो चेतावनी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुबीच फोनवार्ता हुनु अघि आएको हो । गत अप्रिलको शुरुमा युद्धविराम घोषणा हुनुअघि पनि राष्ट्रपति ट्रम्पले इरानले सम्झौता नगरे सिंगो सभ्यता समाप्त पार्ने धम्की दिनुभएको थियो ।

राष्ट्रपति ट्रम्पले इरानका मागहरू पूर्ण रूपमा अस्वीकार्य भएको भन्दै हालैको युद्धविराम संकटमा परेको संकेत पनि गर्नुभएको थियो । अर्कोतर्फ, इरानी सञ्चारमाध्यमहरूले भने तेहरानको पछिल्लो प्रस्तावमा अमेरिकाले कुनै ठोस जवाफ दिन नसकेको आरोप लगाएका छन् ।

अमेरिका लचिलाे नबन्दा जारी वार्ता गतिरोधतर्फ धकेलिएको इरानी अधिकारीहरूले जिकिर गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४