Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

एमाले वर्तमान चुनौतिहरुप्रति गम्भीर हुन आवश्यक छः भण्डारी


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, जेष्ठ ३ २०८३
  • 570
    SHARES

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले वर्तमानका चुनौतिहरुप्रति गम्भिर हुन एमाले नेतृत्वलाई आग्रह गरेकी छन् ।

आईतवार काठमाडौंको बल्खुस्थित मदननगरमा आयोजित ३३ औं मदन आश्रित स्मृति सभामा बोल्दै उहाँले उक्त कुरा बताएकी हुन् । पूर्वराष्ट्रपति भण्डारीले एमालेले आत्मा सुधार, एकता र जनतासँगको सम्बन्धलाई सुदृढ बनाउँदै राष्ट्र र जनताको हितलाई सर्वोपरी राखेर अघि बढ्न पनि आवश्यक रहेको बताइन् ।

उनले एमालेमा यदाकदा सिद्धान्त र व्यवहारबीच देखिने असन्तुलनका कारण समाजमा प्रश्नहरु उठने गरेको उल्लेख गर्दै त्यसलाई अन्त्य गर्नका लागि जनमुखि कार्यशैली, आत्म अनुशासन र सेवाभावलाई व्यवहारमा उतार्दै अघि बढ्न आवश्यक रहेको पनि बताइन् ।

पूर्वराष्ट्रपति भण्डारीले एमालेले लोकतान्त्रिक आन्दोलन, संविधान निर्माण र विकासको काममा महत्वपूर्ण भुमिका निर्वाह गरेको स्मरण गराउँदै अव जनताको सेवाभावमा बढि केन्द्रित हुनुपर्ने बताइन् । जनमुखि कार्यशैली, आत्म अनुशासन र सेवाभावका साथ अघि बढे मात्रै राजनीतिक दलहरुको शक्ति बलियो हुने उनको भनाई थियो ।

पूर्वराष्ट्रपति भण्डारीले जनताको सुखदुखमा साथ दिन र समाजमा सकारात्मक राजनीतिक संस्कार निर्माणमा पनि सक्रिय हुन एमाले नेता, कार्यकर्तालाई सचेत गराइन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४