Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बालेन शाहको राजीनामा माग्दै पोखरामा सुकुमबासीहरूको मसाल जुलुस


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, बैशाख ३० २०८३
  • 418
    SHARES

काठमाडौं । प्रधानमन्त्री बालेन शाहको राजीनामा माग्दै पोखरामा सुकुमबासीहरूले मसाल जुलुस प्रदर्शन गरेका छन् । बुधबार साँझ विभिन्न स्थानबाट भेला भएका सुकुमबासी तथा अव्यवस्थित बसोबासीहरूले सरकारविरुद्ध नाराबाजी गर्दै शहरका मुख्य सडकमा मसाल जुलुस निकालेका हुन् ।
प्रदर्शनकारीहरूले आफूहरूका समस्या समाधान गर्न सरकार गम्भीर नभएको आरोप लगाउँदै तत्काल उचित व्यवस्थापन गर्न माग गरेका थिए । उनीहरूले “सुकुमबासीको अधिकार सुनिश्चित गर”, “हाम्रो बसोबासको ग्यारेन्टी गर”, “दमन बन्द गर” लगायतका नाराहरू लगाएका थिए ।
जुलुसमा सहभागीहरूले पछिल्लो समय सुकुमबासी बस्ती हटाउने, खाली गराउने तथा व्यवस्थापन नगरी दबाब दिने कार्य बढेको भन्दै आक्रोश व्यक्त गरेका छन् । उनीहरूले राज्यले दीर्घकालीन समाधानभन्दा पनि बल प्रयोग र धम्कीको नीति अपनाएको आरोप समेत लगाए ।
प्रदर्शनका क्रममा केही समय सडकमा आवागमन प्रभावित भएको थियो । मसालसहितको जुलुस पोखराका विभिन्न क्षेत्र परिक्रमा गर्दै कोणसभामा परिणत भएको थियो । कोणसभामा बोल्ने वक्ताहरूले सुकुमबासीहरूको माग बेवास्ता गरिए थप सशक्त आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।
यता स्थानीय प्रशासनले प्रदर्शन शान्तिपूर्ण रहेको जनाएको छ । सुरक्षाको दृष्टिले विभिन्न स्थानमा नेपाल प्रहरी परिचालन गरिएको थियो । हालसम्म कुनै अप्रिय घटना भने नभएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४