प्रधानमन्त्री ओलीले बंगलादेशसँग युरिया मल सापटी मागे !
जन न्युज नेपाल खवर प्रतिनिधि काठमाडौँ !
काठमाडौं । प्रधानमन्त्री केपी शर्माओलीले वंगलादेशका प्रधानमन्त्री शेख हसिनासँग युरिया मल सापटी मागेका छन् । प्रधानमन्त्री ओलीले आज प्रधानमन्त्री हसिनालाई फोन गरी धान खेतीका लागि युरिया मल आवश्यक भएकाले केही दिनका लागि सो मल सापटी दिएर सहयोग गर्न आग्रह गरेका हुन् ।
नेपालले खरिद गरेको मल ल्याउन ठेकेदार कम्पनीहरुले ढिलाई गरिरहेका कारण नेपालले बंगलादेशबाट युरिया मल सापटी लिन लागेका कृषि मन्त्रालयका सचिव राजेन्द्र भारीले बताएका छन् । साथै प्रधानमन्त्री ओलीले दुई देशको सम्बन्धको बारेमा पनि कुराकानी गरेका छन् ।