Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सम्पत्ति शुद्धीकरण मुद्दामा रामबहादुर बम्जनलाई सफाइ


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, बैशाख २० २०८३
  • 513
    SHARES

काठमाडौं । सम्पत्ति शुद्धीकरण कसुरमा आरोपित रामबहादुर बम्जनले अदालतबाट सफाइ पाएका छन् । जिल्ला अदालत सर्लाहीका न्यायाधीश महेन्द्रराज काफ्लेको इजलासले गत ८ वैशाखमा बम्जनविरुद्ध लगाइएको अभियोग पुष्टि हुन नसकेको ठहर गर्दै सफाइ दिएको हो ।

यसअघि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बूढानीलकण्ठ क्षेत्रबाट पक्राउ गर्दा ठूलो मात्रामा रकम बरामद गरेपछि बम्जनमाथि सम्पत्ति शुद्धीकरणको आरोपमा मुद्दा दायर गरिएको थियो ।

बम्जनविरुद्ध बाल यौन दुराचार तथा व्यक्तिलाई बेपत्ता पारेको आरोपमा समेत मुद्दा चलाइएको थियो । तीमध्ये बाल यौन दुराचारसम्बन्धी मुद्दामा उच्च अदालत जनकपुरले ६ चैत २०८१ मा उनलाई सफाइ दिएको थियो, पछि उनी कारागारबाट रिहा भएका थिए ।

यसअघि जिल्ला अदालत सर्लाहीले १७ असार २०८१ मा बम्जनलाई १० वर्ष कैद र ५ लाख रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो । उक्त फैसलाविरुद्ध उनी उच्च अदालत गएका थिए ।

बम्जनमाथि सिन्धुपाल्चोकस्थित आश्रमबाट एक अनुयायी बेपत्ता पारेको आरोपसमेत लागे पनि सो मुद्दा हालसम्म अदालतमा दर्ता भएको छैन । उनी लामो समयसम्म फरार रहेपछि २४ पुस २०८० मा सीआईबीले उनलाई बूढानीलकण्ठबाट पक्राउ गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४