Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

युएईमाथि नेपालको ६ रनको रोमाञ्चक जित, दीपेन्द्रको शतक


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, बैशाख १८ २०८३
  • 1.3K
    SHARES

काठमाडौँ । आइसिसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक शृङ्खलामा नेपालले आज संयुक्त अरब इमिरेट्स (युएई)माथि जित हासिल गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेल वर्षाले प्रभावित बनेको खेलमा नेपालले युएईलाई डिएल मेथडका आधारमा छ रनले पराजित गरेको हो । डिएल मेथडका आधारमा नेपालले दिएको २५५ रनको बलियो लक्ष्य युएईले ३८ ओभरको समाप्तिमा सात विकेट गुमाउँदै २४८ रनमा समेटियो ।

युएईका लागि मुहम्मद शहदादले सर्वाधिक ६५ रनको योगदान दिए । त्यस्तै खुजैमा तनवीरले ४९ बनाए । त्यसअघि नेपालले दिएको २९० रनको लक्ष्य पछ्याइरहेको युएईले ४.१ ओभरमा एक विकेट गुमाउँदै ३६ रन जोड्दा वर्षा बाधक बनेको थियो । त्यसपछि खेल करिब ४५ मिनेट रोकिन पुग्यो र अन्तत खेललाई ३८ ओभरमा झारिएको थियो ।

नेपालको जितमा बलिङतर्फ सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गर्दै तीन विकेट लिए । त्यस्तै सोमपाल कामी र नन्दन यादवले समान दुई–दुई विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा सात विकेट गुमाउँदै २८९ रनको बलियो योगफल खडा गरेको हो ।

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले उत्कृष्ट ब्याटिङ गर्दै ९४ बलमा १३ चौका र एक छक्काको मद्दतमा १०० रनको शानदार शतक प्रहार गरे । उनी अन्तिम बलमा रनआउट भएका थिए । मध्यक्रममा गुल्शन झाले पनि आक्रामक खेल देखाउँदै ३८ बलमा ४४ रन जोडे । ओपनर विनोद भण्डारीले संयमित इनिङ्स खेल्दै ७९ बलमा ५६ रन बनाए भने कप्तान रोहित पौडेलले ४८ बलमा ३९ रनको योगदान दिए । अर्जुन कुमालले ११ रन बनाउँदा भीम सार्कीले खाता नै खोल्न सकेनन् । आरिफ शेखले ११ रन थपे ।

नेपालले सुरुआती ओभरमा केही दबाब झेले पनि मध्यक्रममा ऐरी र भण्डारीबीचको साझेदारीले इनिङ्स सम्हालेको थियो । युएईका लागि जुनैद सिद्दीकी र अजय कुमारले समान दुई–दुई विकेट लिए भने हैदर अली र खुजैमा तनवीरले एक–एक विकेट हात पारे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४