Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

शंखमुल र बुद्धनगर क्षेत्रका अनधिकृत संरचनामाथि सरकारले चलायो डोजर


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, बैशाख १८ २०८३
  • 1.1K
    SHARES

काठमाडौं । सरकारले काठमाडौंको शंखमुल तथा बुद्धनगर क्षेत्रमा सार्वजनिक जग्गा मिचेर निर्माण गरिएका अनधिकृत घर–टहराहरू हटाउन शुरु गरेको छ ।

अतिक्रमण नियन्त्रण गर्ने उद्देश्यका साथ सरकारले ती क्षेत्रमा रहेका अवैध संरचनाहरूमा डोजर चलाएको हो ।

शंखमुल र बुद्धनगरका विभिन्न स्थानमा मापदण्डविपरीत र विना अनुमति निर्माण गरिएका भौतिक संरचनाहरूलाई सरकारी टोलीले भत्काएको छ ।

सरकारले डोजर लगाएर संरचना भत्काउन थालेपछि सो क्षेत्रका स्थानीयहरूले आफ्नो घर र जग्गाको वैधानिकता पुष्टि गर्न प्रयास गरेका छन् ।

यस क्रममा जग्गाधनी प्रमाणपूर्जा (लालपूर्जा) भएका कतिपय घरधनीहरूले आफ्ना संरचना सुरक्षित राख्न घरको बाहिरी पर्खालमा लालपूर्जाको प्रतिलिपि टाँसेका छन् ।

उनीहरूले आफ्ना संरचनाहरू लालपूर्जाभित्रै रहेको र अनधिकृत नभएको दाबी गर्दै आएका छन् । सार्वजनिक जग्गा संरक्षणका लागि सरकारले चालेको यो कदमलाई प्राथमिकताका साथ अघि बढाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४