Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नक्सा त्रुटिमा नेपाल वायुसेवा निगमले माग्यो माफी


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, बैशाख १७ २०८३
  • 1.2K
    SHARES

काठमाडौं । नेपाल वायुसेवा निगमले आफ्नो सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको नेटवर्क नक्सामा भएको गम्भीर त्रुटिप्रति क्षमायाचना गरेको छ । बुधबार सार्वजनिक गरिएको उक्त नक्सामा जम्मु–कश्मीरलाई पाकिस्तानको भूभागभित्र देखाइएको थियो ।

बिहीबार बिहान अंग्रेजी भाषामा सूचना जारी गर्दै निगमले भनेको छ, “हाम्रा सामाजिक सञ्जालमा सार्वजनिक गरिएको नेटवर्क नक्सामा भएको त्रुटिका लागि हामी क्षमा प्रार्थी छौँ ।” साथै, अन्तर्राष्ट्रिय सीमासम्बन्धी यस्तो त्रुटिले नेपाल सरकार वा निगमको आधिकारिक धारणा प्रतिनिधित्व नगर्ने पनि स्पष्ट पारेको छ ।

निगमका अनुसार सामाजिक सञ्जालमा सार्वजनिक गरिएको उक्त नक्सा जहाज उडान हुने गन्तव्यहरू देखाउन तयार पारिएको थियो । हाल उक्त पोस्ट हटाइएको (डिलिट) छ र नक्सामा भएको तथ्यगत त्रुटिबारे आन्तरिक समीक्षा भइरहेको जनाइएको छ ।

उक्त नक्सामा जम्मु–कश्मीरको सम्पूर्ण भूभाग पाकिस्तानतर्फ परेको देखाइएको थियो भने ताजिकिस्तान र किर्गिस्तानलाई चीन भित्र समावेश गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४