Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

चलचित्रकर्मी नवल खड्काको आत्मकथा ‘नवल खड्का’ प्रकाशित


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, बैशाख १४ २०८३
  • 6.9K
    SHARES

काठमाडौँ । चलचित्रकर्मी नवल खड्काले ‘नवल खड्का’ नामक आफ्नो आत्मजीवनी पुस्तक सार्वजनिक गरेका छन्। खोटाङको सिम्पानीमा जन्मिएका खड्का  नायक नेपाली चलचित्र लेखन, निर्देशन निर्माता तथा सामाजिक अभियन्ताको रूपमा लामो समयदेखि काम गर्दै आएका छन्। उनले आफ्नो जीवनका अनुभव, संघर्ष र अनुभूतिहरूलाई समेट्दै यो पुस्तक पाठकमाझ ल्याएको बताएका छन्।

उनका अनुसार चलचित्र यात्रा, समाजसेवा तथा विभिन्न अभियानका क्रममा भोग्नुपरेका चुनौती, संघर्ष र विभिन्न घटना–परिघटनालाई पुस्तकमा समेटिएको छ। साथै स्वदेशी तथा विदेशी पक्षबाट भोग्नुपरेका षड्यन्त्र र कठिनाइहरूलाई पनि उनले निसंकोच रूपमा प्रस्तुत गरेको उल्लेख गरेका छन्।

खड्काले आफ्नो पुस्तकमा “म” बाट “हामी” बन्ने सोच, आफ्नो पहिचान स्थापित गर्ने अठोट, देश विकासप्रतिको दृष्टिकोण र राष्ट्रप्रेमलाई जोगाइराख्ने दृढ संकल्पलाई मूल भावका रूपमा राखिएको बताएका छन्। उनले देशलाई सधैं सर्वोपरी राख्ने आफ्नो अडान यस कृतिमा स्पष्ट रूपमा देख्न सकिने पनि बताएका छन्।

यो पुस्तकले नेपाली चलचित्र क्षेत्र, समाज र व्यक्तिगत जीवनका अनुभव तथा संघर्षलाई नजिकबाट बुझ्न मद्दत गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४