Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

इरान युद्ध अन्त्यका लागि अमेरिकी वार्ता टोली शनिबार पाकिस्तान प्रस्थान


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, बैशाख १२ २०८३
  • 646
    SHARES

एजेन्सी । अमेरिकी राजदूतहरू इरानसँग शान्ति वार्ताको नयाँ चरण सुरु गर्न शनिबार पाकिस्तानको राजधानी इस्लामावादतर्फ प्रस्थान गरेका छन् ।

इरानी सञ्चारमाध्यम इर्ना (आइआरएनए) ले इरानी प्रतिनिधिमण्डलले अमेरिकी दूतहरूसँग प्रत्यक्ष वार्ता गर्ने तत्काल कुनै योजना नरहेको बताएको छ ।

स्टिभ विटकोफ र जारेड कुश्नर इस्लामाबादका लागि प्रस्थान गरेपछि ह्वाइट हाउसले दिएको जानकारीमा इरानी प्रतिनिधिहरूसँग ‘प्रत्यक्ष कुराकानी’ गर्ने बताएको छ ।

इरानका विदेश मन्त्री अब्बास अराघचीले इस्लामाबाद भ्रमण गर्ने इरानी सञ्चारमाध्यमले शुक्रबार पुष्टि गरेका थिए । इरानी स्रोतका अनुसार अराघचीलाई पाकिस्तानका सेना प्रमुख फिल्ड मार्शल असिम मुनिरसँग भेट गरेका छन् । तेहरानको दूतावासले पोस्ट गरेको एक छोटो भिडियोमा यो जोडी सँगै देखाइएको छ ।

मध्यपूर्व युद्ध अन्त्य गर्न सम्झौता गर्नु एक जटिल प्रस्ताव हो, यद्यपि विश्वको तेल र तरलीकृत प्राकृतिक ग्याँस (एलएनजी) को लागि एक महत्त्वपूर्ण जलमार्ग हर्मुज घाँटी पुनः खोल्न आवश्यक छ ।

ह्वाइट हाउसकी प्रेस सेक्रेटरी क्यारोलिन लेविटले विटकोफ र कुश्नर ‘ इरानी प्रतिनिधिमण्डलका सदस्यहरूसँग’ वार्तामा प्रत्यक्ष संलग्न हुन’ पाकिस्तान प्रस्थान गरेको बताएकी छन् ।

लेविटले भनिन् ‘राष्ट्रपति डोनाल्ड ट्रम्पले आह्वान गरेको प्रस्तावमा वार्ताका लागि इरानीहरूले सम्पर्क गरे र प्रत्यक्ष कुराकानीको लागि प्रतिनिधिमण्डल पाकिस्तानतर्फ गएको छ। यो वार्ताले बललाई सम्झौताको दिशामा अगाडि बढाउने आशा गरिएको छ ।’

दुई हप्ताअघि इस्लामावादमा पहिलो चरणको वार्ताको नेतृत्व गरेका उपराष्ट्रपति जेडी भान्सले तत्कालका लागि वार्तामा सामेल नहुने तर आवश्यक परेमा पाकिस्तान उडान गर्न तयार रहेको बताएका छन् ।

इरानी पक्षले अमेरिकी राजदूतहरूसँग प्रत्यक्ष भेट गर्छ वा गर्दैन भन्ने स्पष्ट छैन ।

इरानको सरकारी टेलिभिजनले अराघचीको अमेरिकीहरूसँग भेट्ने कुनै योजना नभएको र इस्लामाबादले इरानी प्रस्तावहरू ‘सम्प्रेषण’ गर्न पुलको रूपमा काम गर्ने बताएको छ ।

पाकिस्तानको विदेश मन्त्रालयले विटकोफ र कुश्नरसँगको वार्तालाई प्रत्यक्ष सन्दर्भ नदिई पाकिस्तानी अधिकारीहरूसँग ‘क्षेत्रीय शान्ति र स्थिरताका लागि जारी प्रयास’ बारे छलफल गर्न अराघची इस्लामाबाद आएको बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४