Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सरकारी मिडियामात्रैलाई विज्ञापन दिने निर्णयविरुद्ध पत्रकार महासंघको प्रधानमन्त्रीलाई पत्र


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, बैशाख १० २०८३
  • 836
    SHARES

काठमाडौँ । नेपाल पत्रकार महासंघले सरकारी विज्ञापन निजी क्षेत्रको सञ्चार माध्यमलाई नदिने निर्णय तत्काल फिर्ता लिन माग गर्दै प्रधानमन्त्री बालेन्द्र साहलाई ज्ञापन पत्र बुझाएको छ ।

बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गरी महासंघले सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत सो निर्णय फिर्ता लिन दबाब दिँदै प्रधानमन्त्री साहलाई ज्ञापन पत्र बुझाएको हो ।

सरकारको सो निर्णयसंविधान, कानुन र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरुद्ध भएकाले त्यसलाई कार्यान्वयनमा नलैजान स्थानीय र प्रदेश सरकारलाई पनि सचेत गराइएको महासंघकी अध्यक्ष निर्मला शर्माले बताइन् । महासंघले सरकारले सो निर्णय फिर्ता नलिए त्यसलाई अन्तर्राष्ट्रियकरण गर्ने चेतावनी समेत दिएको छ ।

महासंघकी अध्यक्ष शर्माले भनिन् ‘आज प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र दिने काम भएको छ । यो सँगै सञ्चार मन्त्रालयले हिजो मात्रै जारी गरेको विज्ञप्ति आएको छ । त्यसको पनि हामीले घोर विरोध गर्दछौँ । जथाभाबी ढंगले समाचार पत्रकारहरूले लेख्यो भने भनेर जुन विज्ञप्ति आएको छ । त्यो अनुगमन गर्ने प्रेस काउन्सिलले हो । त्योसँगै सामाजिक सञ्जाललाई नियमन गर्ने, अनुगमन गर्ने नाममा सरकारले जुन विज्ञप्ति जारी गरेर तर्साएको छ । त्यसमा हाम्रो घोर विरोध छ, खण्डन छ । र, त्यसमा हामी आपत्ति जनाउँदछौँ । अरू यसलाई नियमन गर्ने प्रेस काउन्सिललाई स्वयत्त बनाउनु पर्दछ भन्ने माग हामी राख्दछौँ ।’

महासंघले सरकारी सूचना वा विज्ञापन निजी क्षेत्रको सञ्चार माध्यमलाई नदिने गरी निर्णय गरेपछि त्यसको विरोधमा आन्दोलन गर्दै आएको छ । अध्यक्ष शर्माले सो विज्ञापनलाई पारदर्शी बनाउने काम प्रेस काउन्सिलमार्फत गराउन पनि सरकारको ध्यानाकर्षण गराए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४