Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

चैतमा ९ सय विपद्का घटना, ३० जनाको मृत्यु


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, बैशाख १० २०८३
  • 1.4K
    SHARES

काठमाडौँ । गत चैतमा विपद्का घटनामा परी देशका विभिन्न भागमा ३० जनाको मृत्यु भएको छ ।

आगलागी, हुरी, चट्याङ, हिमपातलगायत दैवी विपत्तिमा परी १६ पुरुष, १० महिला र चार जना बालबालिकाको मृत्यु भएको हो ।

दैवी विपत्तिमा परेर २२२ जना घाइते भएका छन् । विपद्बाट १९१ घर, ११७ गोठ र तीन सरकारी कार्यालयमा क्षति भउको छ भने ५२९ चौपाया मरेका छन् ।

विपद्बाट रु ३३ करोड ७२ लाख ६१ हजार बराबरको क्षति भएको अनुमान छ । विपद् प्रतिकार्यमा चार हजार ८४१ प्रहरी परिचालन भएका प्रहरी प्रवक्ता अविनारायण काफ्लेले राससलाई जानकारी दिए ।

विपद्बाट १४३ जना विस्थापित भएका छन् । सो अवधिमा कोशीमा २७२, मधेसमा १३६, बागमतीमा ८५, काठमाडौँ उपत्यकामा ३९, गण्डकीमा ९५, लुम्बिनीमा १२९, कर्णालीमा ५७ र सुदूरपश्चिम प्रदेशमा ९३ वटा विपद्का घटना भएका जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४