Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

लायन्स क्लब अफ पोखरा माउण्टेनसिटीको अध्यक्षमा पदम श्रेष्ठ


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, बैशाख ७ २०८३
  • 1K
    SHARES

लायन्स क्लब अफ पोखरा माउण्टेनसिटीको वर्ष २०२६÷२७ का लागि अध्यक्षमा पदम श्रेष्ठ सर्वसम्मत रूपमा चयन भएका छन्।

पोखराको होटल दिपसागरमा आज सम्पन्न क्लबको वार्षिक साधारण सभाले श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो।

नवनिर्वाचित अध्यक्ष श्रेष्ठले आफ्नो कार्यकाललाई सफल बनाउन सम्पूर्ण पूर्व अध्यक्ष, पदाधिकारी, सदस्य एवं सल्लाहकारहरूको साथ र सहयोग अपरिहार्य रहने बताउँदै सबैप्रति आभार व्यक्त गरे। उनले क्लबमार्फत सामाजिक सेवा, मानव कल्याण तथा समुदाय विकासका कार्यक्रमहरूलाई थप प्रभावकारी र उचाईमा पु¥याउने प्रतिबद्धता समेत जनाएका छन्।

कार्यक्रमका प्रमुख अतिथि एवं क्लबका संस्थापक अध्यक्ष तथा इन्टरनेशनल एडभाइजर लायन डोलराज पोखरेलले ‘आफ्नो लागि सबैले गर्छन्, अरूका लागि केही गरौँ’ भन्ने मूल भावनाका साथ क्लब स्थापना भएको स्मरण गरे। उनले क्लबले अहिलेसम्म निर्वाह गरेको सामाजिक भूमिकाप्रति खुसी व्यक्त गर्दै नयाँ कार्यसमितिलाई आवश्यक सम्पूर्ण सहयोग गर्ने आश्वासन दिएका थिए।

साधारण सभाबाट वर्ष २०२६÷२७ का लागि अन्य पदाधिकारीहरूमा प्रथम उपाध्यक्षमा लायन कृष्ण प्रसाद भट्टराई, द्वितीय उपाध्यक्षमा लायन नेपाल प्रकाश अधिकारी र तृतीय उपाध्यक्षमा लायन कल्याण तिमिल्सिना चयन भएका छन्। त्यसैगरी सचिवमा लायन शिवप्रसाद रिमाल, सह–सचिवमा लायन सुर्यप्रसाद पोखरेल र कोषाध्यक्षमा लायन कुलप्रसाद अधिकारी सर्वसम्मत निर्वाचित भए।

कार्यक्रममा क्लबका पूर्व अध्यक्षहरू लायन कृष्णराज पराजुली, मोहदत्त भुषाल, नरेश सुवेदी र शक्ति बराल लगायतले नयाँ कार्यसमितिलाई शुभकामना दिँदै आफ्ना धारणा राखेका थिए।

वर्तमान अध्यक्ष लायन विष्णु अधिकारीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन डिस्ट्रिक्ट जोन चियरपर्सन लायन नरेश सुवेदीले गरेका थिए। नयाँ कार्यसमितिले आगामी दिनमा विभिन्न सामाजिक तथा मानवीय सेवाका क्षेत्रमा विशेष योजनाहरू अघि सार्ने लक्ष्य लिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४