Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सांसद झाँक्रीको प्रश्नः मट्टितेलमा आन्दोलन गर्ने विद्यार्थी संगठनहरू चामल र पेट्रोलको मूल्यवृद्धिमा किन मौन ?


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, बैशाख ६ २०८३
  • 646
    SHARES

काठमाडाैं । पूर्वमन्त्री एवं एमाले सांसद रामकुमारी झाँक्रीले चर्को मूल्यवृद्धि र जनताको दुःखमा विद्यार्थी संगठनहरू मौन रहेको भन्दै आक्रोश व्यक्त गर्नुभएको छ ।

आईतवार काठमाडौंमा विद्यार्थी संगठनहरूको भुमिका र वर्तमान सामाजिक अवस्थाबारे आयाजित कार्यक्रममा बोल्दै उहाँले विद्यार्थी आन्दोलन आफ्नो साख र एजेण्डाबाट च्युत भएको तर्क गर्नुभएको हो ।

उहाँले बजारमा चामलको मूल्य एकै चोटी बोरामा साढे तीन सय रुपैयाँ बढ्दा पनि उपभोक्ता र विद्यार्थी संगठनहरूले प्रतिकार नगरेकोमा अचम्म व्यक्त गर्नुभयो । जनता र विद्यार्थीले मूल्यवृद्धिलाई ‘रिभेन्ज’ (बदला) का रूपमा हेरेर चुप बसेको हुनसक्ने उहाँको अनुमान छ ।

झाँक्रीले आन्दोलन एकै चोटी नहुने र यसका लागि वैचारिक तयारी चाहिने बताउनु भयो । उहाँले भन्नुभयो, ‘हामीले कुनै बेला मट्टितेलमा खाना पकाउने विद्यार्थीका लागि सहुलियत चाहिन्छ भनेर सडक ततायौँ, सार्वजनिक यातायातमा विद्यार्थी छुटका लागि लड्यौँ । तर आज भारतमा पेट्रोलको मूल्य १०७ भारु हुँदा नेपालमा २१९ रुपैयाँ पुगिसक्यो, विद्यार्थी र पठाओ चालकहरू चुपचाप तिरिरहेका छन् ।

किन आज कसैलाई चित्त दुखेको छैन ? जनताले अस्ति ताली बजाएर भोट हालेका थिए, अहिले तिनैले घाँटी च्यापिरहेका छन् । यो परिस्थिति म्याच्युर्ड हुन दिनुपर्छ, जब जनता र विद्यार्थीलाई साँच्चै महशुस हुन्छ, तब मात्र कक्षाकोठाबाट विद्रोह निस्किन्छ । जनतालाई फिल हुनुपर्छ । यदि चामल महँगो भएको र महँगीले ढाड सेकेको जनतालाई महशुस भएको छैन भने नेता मात्र उफ्रिएर केही हुनेवाला छैन ।’

सांसद झाँक्रीले ठूला राजनीतिक दलहरूको अकर्मण्यता र आन्तरिक कमजोरीका कारण देशमा ‘विचारधारात्मक क्राइसिस’ उत्पन्न भएको बताउनु भयो । पार्टीहरूले कार्यकर्तालाई विचारवान बनाउनुको साटो ‘उपभोक्ता’ बनाएको भन्दै उहाँले आलोचना गर्नुभयो । पार्टीभित्रका सिन्डिकेट र गुटतन्त्रमाथि प्रहार गर्दै उहाँले नयाँ मान्छेलाई आउन नदिने र आफ्ना मान्छेको लिस्ट मात्र बाँड्ने प्रवृत्तिले संगठनात्मक संरचना ध्वस्त भएको बताउनु भयो ।

झाँक्रीले भन्नुभयो, ‘अस्ति निर्वाचनमा के भयो ? सुधारिएको काँग्रेस १८ सिटमा खुम्चियो, एमाले ९ सिटमा र नेकपा ७ सिटमा । यो अरू कसैको दोष होइन, हाम्रै नालायकीका लागि जनताले दिएको सजाय हो । हामी सुध्रिएनौँ भने यो सजाय अझै कडा हुनेछ । अण्डाबाट चल्ला निस्किनु उसको आन्तरिक कारण हो, ढुङ्गालाई जति ताप दिए पनि चल्ला निस्किँदैन । हाम्रा पार्टी र संगठनहरू अहिले भत्किनुको मुख्य कारण हाम्रो आफ्नै आन्तरिक कमजोरी हो, वाह्य तत्व त सहायक मात्र हुन् ।’
झाँक्रीले प्रदेश सरकार र संघीयताको कार्यान्वयनमा पनि प्रश्न उठाउनु भयो । संघमा जे छ, प्रदेशमा पनि त्यही समानान्तर संरचना बनाएर राज्यको स्रोत दोहन गरिएको उहाँको आरोप छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४