अधिकार खोसिए सदन र सडकबाट प्रतिवाद गर्छौं: पुष्पकमल दाहाल
जन प्रहार
प्रकाशित मिति
शनिबार, चैत्र २८ २०८२
684
SHARES
काठमाडाैं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री Pushpa Kamal Dahal ले जनताले लामो संघर्ष र बलिदानबाट प्राप्त गरेका अधिकारहरूमाथि छेडखानी भए सदन र सडकबाट प्रतिवाद गर्ने चेतावनी दिएका छन्।
अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) द्वारा आयोजित कार्यक्रममा बोल्दै उनले जनताका अधिकार खोसिने अवस्था आए चुप लागेर नबस्ने स्पष्ट पारे।
दाहालले वर्तमान सरकार (राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको) ले रचनात्मक काम गरे सकारात्मक सहयोग रहने बताए। तर संविधानमाथि छेडखानी, राष्ट्रिय हितमा आँच वा जनअधिकार हनन भए कडा प्रतिवाद गर्ने उनको भनाइ छ।
विद्यार्थी र कर्मचारी ट्रेड युनियनको अधिकारमाथि प्रश्न उठाउने प्रयास भइरहेको भन्दै उनले सतर्क रहन आग्रह गरे। संविधान संशोधनबारे बोल्दै उनले आफूहरू विरोधी नभएको तर संशोधनले महिला, दलित तथा उत्पीडित वर्गका अधिकार थप्न र संघीयतालाई बलियो बनाउनुपर्ने धारणा राखे।
हालैको निर्वाचनलाई ‘असामान्य’ बताउँदै उनले पार्टीले परिणामको गम्भीर समीक्षा गरिरहेको जानकारी दिए। साथै केही दिनभित्रै पार्टी एकीकरण प्रक्रिया टुंग्याउने र ६ महिनाभित्र महाधिवेशन गर्ने प्रतिबद्धता दोहोर्याए।
उनले निर्वाचन परिणाम फरक आए पनि चिन्तित हुनुपर्ने अवस्था नरहेको भन्दै आत्मसमीक्षा गर्दै जनताको बीचमा जान कार्यकर्तालाई निर्देशन दिए। साथै १२ बुँदे समझदारी र शान्ति प्रक्रियाका सहयात्री शक्तिहरूसँग सहकार्य गर्दै अघि बढ्नुपर्नेमा जोड दिए।