हाँस्य कलाकार सागर लम्साल पक्राउ, बलात्कार आरोपमा अनुसन्धान सुरु
जन प्रहार
प्रकाशित मिति
शनिबार, चैत्र २१ २०८२
760
SHARES
काठमाडौँ। लोकप्रिय हाँस्य कलाकार सागर लम्साललाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरीले उनलाई बूढानीलकण्ठ नगरपालिका–कपनस्थित बालुवाखानी क्षेत्रबाट नियन्त्रणमा लिएको हो। उनीमाथि कलाकार परिवारकै एक सदस्यले बलात्कारको आरोप लगाएकी छन्।
अमेरिकामा रहेकी ती महिलाले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत अमेरिकामै आफूलाई बलात्कार गरिएको आरोप सार्वजनिक गरेकी थिइन्। सोही आरोपका आधारमा प्रहरीले लम्सालमाथि अनुसन्धान अगाडि बढाएको जनाएको छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।