Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सभामुख पदका लागि आज उम्मेदवारी दर्ता, निर्वाचन चैत २२ गते


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, चैत्र २० २०८२
  • 1.1K
    SHARES

काठमाडौं । संघीय संसदको सभामुख पदका लागि आज उम्मेदवारी दर्ता हुँदैछ । निर्वाचन भने चैत २२ गतेका लागि तय गरिएको छ ।

संघीय संसद सचिवालयका अनुसार शुक्रबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ताको समय निर्धारण गरिएको छ । उम्मेदवारी दर्ता सकिएलगत्तै दिउँसो साढे २ बजे उम्मेदवारहरूको अन्तिम सूची सार्वजनिक गरिनेछ ।

निर्वाचनका दिन बस्ने प्रतिनिधि सभा बैठकमा सभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरिनेछ भने समर्थकहरूले त्यसलाई समर्थन गर्नेछन् । उम्मेदवारसम्बन्धी सूचनामाथि सामूहिक छलफलपछि प्रस्तावलाई निर्णयार्थ पेश गरिने कार्यसूची रहेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभामुख पदका लागि पार्टीका उपसभापति डोलप्रसाद (डीपी) अर्याललाई उम्मेदवार बनाउने निर्णय गरेको छ । बिहीबार बसेको पार्टी बैठकले अर्याललाई अगाडि सार्ने निर्णय गरेको हो । प्रतिनिधि सभामा रास्वपा १८२ सिटसहित सबैभन्दा ठूलो दल रहेकाले अर्याल सभामुखमा निर्वाचित हुने प्रबल सम्भावना रहेको छ ।

हाल सभामुख पद रिक्त रहेकाले प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुन नरसिंह केसीले बैठकको अध्यक्षता गर्दै आएका छन् ।

यसैबीच, सभामुख निर्वाचन सम्पन्न भएपछि चैत २३ गते राष्ट्रिय सभा उपाध्यक्ष पदका लागि निर्वाचन गर्ने तालिका छ । उक्त पदका लागि चैत २२ गते उम्मेदवारी मनोनयन दर्ता गरिनेछ ।

अघिल्लो राष्ट्रिय सभा उपाध्यक्ष विमला घिमिरेको कार्यकाल २० फागुनमै सकिएकाले उक्त पद हाल रिक्त रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४