Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रतिनिधिसभाको पहिलो बैठक अगाडी सर्वदलीय बैठक आह्वान


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, चैत्र १७ २०८२
  • 1.2K
    SHARES

काठमाडौं । संघीय संसद् सचिवालयले सर्वदलीय बैठक आह्वान गरेको छ । सरकारको सिफारिसमा राष्ट्रपतिबाट संघीय संसद्को अधिवेशन आह्वान भएसँगै सचिवालयले बैठक बोलाएको हो ।

गत २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनबाट निर्वाचित सांसदहरूको पहिलो बैठक १९ चैत दिउँसो २ बजेका लागि तय गरिएको छ ।

संघीय संसद् सचिवालयका सहसचिव तथा प्रवक्ता एकराम गिरीका अनुसार सर्वदलीय बैठक बुधबार दिउँसो १ बजे बस्नेछ । प्रतिनिधिसभाको बैठक सुरु हुनुभन्दा एक घण्टाअघि उक्त बैठक आयोजना गरिनेछ ।

बैठकमा विभिन्न राजनीतिक दलका प्रतिनिधि, सरकारका प्रतिनिधि तथा संघीय संसद् सचिवालयका अधिकारीहरूको सहभागिता रहनेछ ।

आगामी प्रतिनिधिसभा बैठकले सभामुख चयन प्रक्रियालाई अघि बढाउनेछ । साथै, राजनीतिक दलहरूको सहमतिमा शीर्ष नेताहरूले शुभकामना मन्तव्य दिने परम्परा पनि रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४